आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन ।
विस्तृतमा
युनाइटेड सिमेन्ट्सद्वारा ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

काठमाडौँ। युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्।
'जनताको चाहनाअनुसार विकास गर्नुपर्छ'

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् ।
बागलुङका सबै पालिकाले ल्याए बजेट

बागलुङ । बागलुङका दसवटै स्थानीय तहले आव ०७९÷०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।
नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौँ। आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ। आज नेप्से १३.७८ अंकले बढेर १ हजार ८६२.०६ विन्दुमा बन्द भएको छ। आज दुई घण्टा कारोबार भएको सेयरबजारमा १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
ललितपुर महानगरद्वारा ६ अर्ब ३५ करोडको बजेट प्रस्तुत

काठमाडौँ। ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि बजेट ल्याएको छ। महानगरले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको हो। ललितपुरका मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा कल सेन्टर चलाउने कुरा समेटिएको छ।
सेवनसँगको सहमतिपछि तिलक कोइरालाले अनसन तोडे
काठमाडौँ । सेयर बजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन्। सेयर बजारको सुधारको लागि असार १ गतेदेखि सुरु गरेको कोइरालाले आमरण अनसन तोडेका हुन्। आफुहरूले राखेको १९ बुँदे माग कार्यान्वयनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवन)ले सहमति जनाएसँगै कोइरालाले अनसन तोडेका हुन्।
भरतपुर महानगर: एकीकृत सहरी विकास गुरुयोजना तयार गरी दिगो पूर्वाधार निर्माणमा प्राथमिकता

भरतपुर । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ ।
सिटिजन्स बैंक र अलफ्ट काठमाडौँ ठमेलबीच समझदारी

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स, ठमेल स्थित अलफ्ट काठमाडौँ ठमेलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि सप र एक्वा बारमा १० प्रतिशतसम्म छुट पाउनेछन्।
घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।
ठूलो महानगरको ठूलै आकारको बजेट

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ। कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो। आगामी वर्षका लािग चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।
अर्थ ट्रेण्डिङ्ग
- बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल
- चुइगम पड्काएरै सके नेपालीले ४१ करोड
- कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता
- बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट
- धादिङको सिम्ले बजारमा खुल्यो माछापुच्छ्रे बैंकको शाखा
- सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी अस्पतालमा विशेष छुट
- नेप्सेमा ८.८७ अंकको गिरावट
- प्रतितोला ३०० ले घट्यो सुनको मूल्य
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।