'जनताको चाहनाअनुसार विकास गर्नुपर्छ'
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् ।
विस्तृतमा
नेप्सेमा ९४ अंकको उछाल
काठमाडौँ। आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ। आज नेप्सेमा ९४.९२ अंकको वृद्धि भए। १ हजार ९५६.९८ अंकमा पुगेर बन्द भएको छ। आज कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ। आज नेप्सेमा २ अर्ब १९ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ। यसक्रममा ६३ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ।
युनाइटेड सिमेन्ट्सद्वारा ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

काठमाडौँ। युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्।
'जनताको चाहनाअनुसार विकास गर्नुपर्छ'

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् ।
बागलुङका सबै पालिकाले ल्याए बजेट

बागलुङ । बागलुङका दसवटै स्थानीय तहले आव ०७९÷०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।
नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौँ। आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ। आज नेप्से १३.७८ अंकले बढेर १ हजार ८६२.०६ विन्दुमा बन्द भएको छ। आज दुई घण्टा कारोबार भएको सेयरबजारमा १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
ललितपुर महानगरद्वारा ६ अर्ब ३५ करोडको बजेट प्रस्तुत

काठमाडौँ। ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि बजेट ल्याएको छ। महानगरले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको हो। ललितपुरका मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा कल सेन्टर चलाउने कुरा समेटिएको छ।
सेवनसँगको सहमतिपछि तिलक कोइरालाले अनसन तोडे
काठमाडौँ । सेयर बजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन्। सेयर बजारको सुधारको लागि असार १ गतेदेखि सुरु गरेको कोइरालाले आमरण अनसन तोडेका हुन्। आफुहरूले राखेको १९ बुँदे माग कार्यान्वयनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवन)ले सहमति जनाएसँगै कोइरालाले अनसन तोडेका हुन्।
भरतपुर महानगर: एकीकृत सहरी विकास गुरुयोजना तयार गरी दिगो पूर्वाधार निर्माणमा प्राथमिकता

भरतपुर । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ ।
सिटिजन्स बैंक र अलफ्ट काठमाडौँ ठमेलबीच समझदारी

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स, ठमेल स्थित अलफ्ट काठमाडौँ ठमेलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि सप र एक्वा बारमा १० प्रतिशतसम्म छुट पाउनेछन्।
घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।
अर्थ ट्रेण्डिङ्ग
- सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुमको चुनवाङमा
- हिमालयन बैंकको वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
- नेप्सेमा दोहोरो अंकको गिरावट
- आदर्श लघुवित्तको आईपीओ बाँडफाँट
- सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता
- वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने
- आदर्श लघुवित्तको आइपिओ बाँडफाँट
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।