सानिमा बैंकले पायो एमएसएमईका लागि आइएफसीबाट २ करोड डलर ऋण

काठमाडौँ। सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण प्राप्त गरेको छ। बैंकले बुधबार पत्रकार सम्मेलन मार्फत एमएसएमई सेक्टर का लागि लगानी गर्न आइएफसी बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण पाएको जनाएको हो। विस्तृतमा


कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटको बाढी–पहिरो ग्रस्त क्षेत्रको निरीक्षण

कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटको बाढी–पहिरो ग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट–१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट–१ को तादीखोलामा आएको बाढीले दुप्चेश्वर ३ राउतबेशी, तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन्।

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण

काठमाडौँ। माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो।

एनएमबी बैंकले आईएफसीसँग २ करोड ५० लाख अमेरीकी डलर ऋण लियो

एनएमबी बैंकले आईएफसीसँग २ करोड ५० लाख अमेरीकी डलर ऋण लियो

काठमाडौँ। एनएमबी बैंकले आईएफसीसँग २ करोड ५० लाख अमेरीकी डलर ऋण लिएको छ। यसअघि दुई पटक आईएफसीसँग ऋण लिइसकेको एनएमबी बैंकले रकमबाट नेपालका साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह हुने जनाएको छ। नेपालको बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको संकट कम गर्न वाणिज्य बैंकहरूले विदेशी बैंकबाट रकम भित्र्याउन थालेका छन्।

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो ।

लगातार चौथो दिन सेयर बजारमा गिरावट

लगातार चौथो दिन सेयर बजारमा गिरावट

काठमाडौँ। लगातार चौथो दिन आज बिहीवार पनि सेयर बजार घटेको छ। सेयर बजार परिसूचक नेप्से आज १९.०६ अंकले घटेर २ हजार ३७.८३ विन्दुमा झरेको छ। आज सबै समूहको सेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।

सप्तरीमा नौ हजार मतदाता थपिए

सप्तरीमा नौ हजार मतदाता थपिए

सप्तरी । सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो ।

सिन्धु विकास बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

सिन्धु विकास बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौँ। सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ। बैंकले संस्थाका केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो। बैंकका अनुसार संस्थापक सेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन्।

आइएमई जनरल इन्स्योरेन्सद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान

आइएमई जनरल इन्स्योरेन्सद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान

काठमाडौँ। नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख पचास हजार नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ।

विभिन्न जिल्लामा मल पठाउन थालियो

विभिन्न जिल्लामा मल पठाउन थालियो

वीरगन्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।