Star Tour Esewa Woolwich College

न्यु साउथ वेल्समा बौद्ध स्तुपा बन्ने

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु)मा बौद्ध स्तुपा बन्ने भएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायले बौद्ध सम्बन्धित परम्परागत पर्वहरु एनएसडब्लुमा नै मनाउने योजनाको साथ बौद्ध स्तुपा बनाउन लागिएको हो। गफ व्हिटलाम पार्कमा बन्न लागेको स्तुपाको लागि नेपालीहरूले आर्थिक सहयोग जुटाइरहेका छन्। विस्तृतमा


विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि विदेश पढ्न जाने गर्छन् ।

अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।

अष्ट्रेलियामा बिचल्ली परेका नेपाली विद्यार्थीकाे उद्धार गर्न काँग्रेसकाे आग्रह

अष्ट्रेलियामा बिचल्ली परेका नेपाली विद्यार्थीकाे उद्धार गर्न काँग्रेसकाे आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

अष्ट्रेलियामा एआइबिटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थीको बिचल्ली

अष्ट्रेलियामा एआइबिटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थीको बिचल्ली

अष्ट्रेलिया । द अष्ट्रेलियन इन्सिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी कलेज बन्द भएको छ । नर्सिङ सोसाइटीसँग सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीहरुलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण सम्बन्धन खारेज गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक भएपछि...

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक भएपछि...

सिड्नी । अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ ।

अष्ट्रेलियामा नेपाली रेष्टुराँमा सेफ पाउनै मुस्किल

अष्ट्रेलियामा नेपाली रेष्टुराँमा सेफ पाउनै मुस्किल

सिड्नी । अष्ट्रेलियामा नेपाली रेष्टुराँ स्थापित हुने क्रममा छ । नेपाली समुदायको जनसंख्या बढेसँगै रेष्टुराँहरुको संख्या पनि बढ्दो छ । तर, व्यवसायी तथा कार्यरत सेफहरुले नेपाली सेफको अभाव रहेको औंल्याएका छन् । टु टेबलको आयोजनामा क्याम्सीस्थित एडिज् किचेनमा १८ तारिखमा सेफहरुले नेपाली खाना विस्तारको सम्भावना तथा चुनौतीका विषयमा आयोजित छलफल कार्यक्रममा सेफ अभावको गुनासो आएको हो ।

'अष्ट्रेलियामा मलाई नेपाली वकिलले सहयोग गरेनन्'

'अष्ट्रेलियामा मलाई नेपाली वकिलले सहयोग गरेनन्'

सिड्नी । लक्की शेर्पालाई मानव तस्करको आरोप लगाएका वाङछु शेर्पालाई अष्ट्रेलियामा कुनै नेपाली वकिलले एसाइलमका लागि सहयोग नगरेको मिडिया रिपार्टमा उल्लेख छ ।

फ्रान्ससँग अट्किरहेको एउटा ठुलो सम्झौतामा अष्ट्रेलियाले गर्यो हस्ताक्षर

फ्रान्ससँग अट्किरहेको एउटा ठुलो सम्झौतामा अष्ट्रेलियाले गर्यो हस्ताक्षर

अष्ट्रेलियाले अन्तत धेरै वर्षदेखि फ्रान्ससँग अट्किरहेको एउटा ठुलो सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । अष्ट्रेलियाले १२ वटा अत्याधुनिक पनडुब्बि बनाउन सोमबार फ्रान्ससँग ५० अर्व अमेरिकी डलर करारमा औपचारिक रुपमा हस्ताक्षर गरेको छ ।

अष्ट्रेलिायको एक कलेजमा फुली लगाएकी हिन्दु विद्यार्थीमाथि कुटपिट, स्कुलबाट पनि निकाला

अष्ट्रेलिायको एक कलेजमा फुली लगाएकी हिन्दु विद्यार्थीमाथि कुटपिट, स्कुलबाट पनि निकाला

अष्ट्रेलियाको पर्थको लिडरविलमा अरनमोर कौथोलिक कलेजको प्रिन्सिपलले नाकमा फुली लगाएको भन्दै एक हिन्दु छात्रालाई कुटपिट गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यस घटनामा पछि आक्रोशित बनेका हिन्दुहरुले प्रिन्सिपलको राजीनामाको माग गरेका छन् ।

अष्ट्रेलियामा बोत्तल उठाएर नेपालमा सहयोग

अष्ट्रेलियामा बोत्तल उठाएर नेपालमा सहयोग

पोखरा । प्रवासमा पुराना बोत्तल उठाएर संकलित रकम पोखराको एक विद्यालयमा सहयोग गरिएको छ । अष्टे«लियाको सिड्नीस्थित सगरमाथा फुटबल क्लबले संकलित रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको हो ।

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।