गृहपृष्ठ ∕ नेपाल ∕ मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशनमनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन नेपालीपत्र बुधबार, २०८० असार २० गते, ०७:२७ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ ।महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको युजर आइडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । उनले भने, “कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले प्रक्रिया अगाडि बढाएको हो । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनेका छौँ ।” चलचित्र भवनमा प्रवेश शुल्कबापत बिक्री हुने टिकटमा पाँच प्रतिशत मनोरञ्जन कर राखिएको हुन्छ । #काठमाडौँ महानगरपालिकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र बीआरआई अन्तर्गत चीनसँग अनुदान सहायता लिँदा राम्रो: काँग्रेस प्रवक्ता महतकाठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरुतनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैकाठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिह्न’ प्रदानकाठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गर्नुभएको छ ।धेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ५ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal