एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ। पाकिस्तानको लाहोरमा बुधबार भएको खेलमा घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गर्न सफल भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरको बंगलादेशले दिएको १९४ रनको लक्ष्य पाकिस्तानलाई दिएको थियो। पाकिस्तानले ३९.३ बलमा ३ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरेको थियो ।
पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन जोडे।
बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान एकएक विकेट लिन सफल भए।
बंगलादेशले ३८ ओभर ४ बलमा १९३ रन बनाउँदै अलआउट भएको थियो। बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाए।
पाकिस्तानका हरिस रौफले ४ विकेट लिन सफल भए भने नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान एकएक विकेट लिए।