एजेन्सी । रुसको राजधानी मस्कोमा युक्रेनले गरेको आक्रमणपछि राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोशित भएका छन् । पुटिनले आफू नेटोसँग युद्धका लागि तयार रहेको बताए ।
बारम्बार प्रयासपछि युक्रेनले मस्कोमा ड्रोन हमला गर्न सफल भएको छ । यसबाट आक्रोशित रुसी विदेश मन्त्रालयले दबाबपूर्ण जिब्रोमा नेटोलाई जिम्मेवार ठहर गरिसकेको छ ।
एक विज्ञप्तिमा मन्त्रालयले कसैको सहयोग बिना यो आक्रमण गर्न नसकिने बताएको छ।
अब राष्ट्रपति पुटिनको प्रत्यक्ष घोषणापछि उनले पश्चिमी सैन्य संगठनको सामना गर्ने पूर्ण मुड बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
युक्रेनले २४ अप्रिलमा मस्कोमा पहिलो ड्रोन आक्रमण गरेको थियो। यो ड्रोन १०० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । मे ३ मा युक्रेनले दुईवटा ड्रोन आक्रमण गरेको थियो । त्यसपछि १७ मे, ३० मे, ४ जुलाई र २४ साउनमा आक्रमण भएको थियो । यद्यपी युक्रेनी सेनाले आक्रमण असफल बनाएको थियो ।
हालै भएको आक्रमणमा मस्कोका दुईवटा कार्यालय भवनमा क्षति पुगेको छ।
आक्रमणपछि सडक अवरुद्ध भएको बताइएको छ ।