

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
Life Style वाह ! दामन

सूर्यको बिहानी किरण, हिमालसँग मितेरी अनि सुरिलो हावामा कावा खान चाहिरहनु भएको छ ? यदि, हो भने धेरै चिन्ता लिनु पर्दैन । दामन तपाईंले खोजेजस्तै सुन्दर र सजिलो गन्तव्य हुन सक्छ । जहाँ वसन्त याममा लाली गुराँससँग पिरती साट्न सकिन्छ । अनि पुस, माघ र फागुनतिर भने हिउँसँगको स्पर्शमा रमाउन सकिन्छ । 'हावामा कावा खान'का लागि भने कुनै सिजन कुरिरहनु नै पर्दैन । निरन्तर बगिरहन्छ हावाको सिरेटो ।
२ हजार ५ सय ८४ मिटरको उचाइमा रहेको दामनमा २ हजार ४ सय २६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । धार्मिक, जैविक एवं प्राकृतिक विविधताले भरिपूर्ण यो ठाउँ मकवानपुर जिल्लामा पर्छ । दामनसँग विभिन्न ऐतिहासिक तथ्यहरु पनि जोडिएका छन् । काठमाडांैबाट करिब ३ घण्टामा पुग्न सकिने दामन क्षेत्र पयर्टकीय आकर्षणको नमूना हो । प्राकृतिक सुन्दरताको अप्सराजस्तै लाग्छ यो ठाउँ । त्यसैले त वर्षभरि नै पर्यटकहरुको घुइँचो लाग्छ ।
त्रिभुवन राजपथ, दक्षिणकालीबाट कुलेखानी हुँदै वा थानकोटको चन्द्रागिरि हुँदै यो क्षेत्र पुग्न सकिन्छ । मकवानपुरको उत्तरी भेगमा अवस्थित दामन वरपर अझै धेरै दिन बिताउनेहरुका लागि पालुङ, बज्रबाराही तथा चित्लाङलाई गन्तव्यका सम्भावित अरु विकल्प हुन सक्छन् । सिमभञ्जयाङको सेरोफेरोले जो कोहीलाई मोहित पार्छ ।
जाडोमा हिउँ खेल्न र पिकनिकका लागि समेत उपयुक्त ठाउँ हो यो । गर्मी याममा भने लालीगुराँस मुटुभरि सजाउनु त छँदैछ । अर्को महत्वपूर्ण पक्ष त के भने, दामन मौसमी गन्तव्य होइन, त्यसैले जुनसुकै समयमा पनि दामन जान सकिन्छ । जाडो होस् वा गर्मी, वषर्ा होस् वा हिउँद । घुमन्तेहरुका लागि बाह्रै महिना खुल्ला छ दामन । यहाँबाट विश्वका उत्कृष्ट १४ हिमालमध्ये आठ वटा देख्न सकिन्छ । थरिथरिका रङ बोकेका लाली गुराँसले वसन्तको वैशलाई स्वर्ग बनाएका हुन्छन् ।
परम्परागत रीतिरिवाज, भेषभूषा, रहनसहन, बसोबासजस्ता अनेक कुरा यहाँ देख्न सकिन्छ । विशेषतः नेवारी र तामाङ समुदायका मानिसहरु धेरै भएकाले उनीहरुको मौलिक पहिचानलाई पनि नियाल्न सकिन्छ । दामनबाट दुई घण्टाको यात्रापश्चात् मानवनिर्मित इन्द्र सरोवरसम्म पनि पुग्न सकिन्छ । दामन-पालुङमा अहिले होमस्टे कार्यक्रम पनि सुरु भइसकेको छ, जसले यात्रालाई थप रमाइलो बनाउने छ । सुविधासम्पन्न होटल र रिसोर्टहरुको व्यवस्था भएकाले खाना र रात गुजार्ने चिन्ता गरिरहनु पर्दैन ।
प्रकृतिसँग लडीबुडी गर्न रुचाउने र हावाको झोक्कासँगै रमाउनेहरुका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य हो यो । दामनबाट सुन्दर हिमश्रृङ्खलाको अवलोकन, बिहानीपख हेर्न पाइने 'सन राइज'को दृश्य पनि कम रोचक देखिँदैन । 'सन राइज' र वरपरका रमाइला बस्ती तथा कृषि फार्महरु सुन्दरता नियाल्नका लागि 'भ्यु टावर' पनि छ । जहाँको दूरबीनबाट आँखै अगाडि हिमाल, गाउँबस्ती र रमाइला कृषि फार्महरुको सुन्दरताको आनन्द लिन सकिन्छ । दामन-पालुङ क्षेत्रलाई लाली गुराँस, सुनगाभाजस्ता फूलहरुले सिँगारिरहेको देखिन्छ । प्रकृतिसँगको लडिबुडीबाट आनन्द लिएपछि आफैँ ओठबाट फुट्छ, 'वाह ! दामन ।'
Last Updated : 2012-05-02 10:38:26 | Text Size :
No comments so far
Other News
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायत यात्रापछि वि.सं.१९६४ मा उक्त विद्युत्गृह निर्माणको कार्य सुरु गरेका थिए भने तत्कालीन राजा पृथ्वी वीर विक्रमले वि.सं. १९६८ जेठ ९ गते साँझ ५ वजे काठमाडौँको टुडिखेलको पूर्वमा रहेको सबस्टेसनमा बत्ती बालेर औपचार
काठमाडौँको कुनै अग्लो टावर (हिजोआज थुप्रै अग्ला घरहरु बन्ने गरेका छन्, तीमध्ये कुनै) बाट उत्तरतिर यस्सो नजर उठायो भने टलक्क टल्कने हिमश्रृङ्खला देखिन्छन् । मलाई चाहिँ ती शृङ्खला कुनै विमान परिचारिकाका मिल्दा दाँतजस्तै लाग्छन्, हेर्दैका मनोहर । घरिघरि ती हिम शृङ्खला देख्दा एउटा यात्रा गर्न नपाएको थक
विद्यार्थीकालदेखि नै पदयात्रामा सौखिन राजेश लामाले व्यावसायिक पदयात्रा पथप्रदर्शक र भरियाका रूपमा विश्वकै अग्लो थोराङ भञ्ज्याङ ३५ चोटी ओहोरदोहोर गरिसके ।
मनाङको पाँच हजार ४१६ मिटर संसारकै सर्वाधिक अग्लो हिमाली भञ्ज्याङ थोराङ वारपार गरिसकेका राजेशको परिचय यत्तिमै सीमित छैन ।
विकासका दृष्टिले तुलनात्मकरूपमा निकै पछाडि रहन गएको कालीकोट जिल्लाले अब विस्तारै काँचुली फेर्न थालेको छ । देशका १४ अञ्चलमध्ये सबैभन्दा विकट र विकासमा पछि पर्न गएको अञ्चल कर्णालीमा राजमार्गको रेखा कोरिएपछि कर्णालीवासीका पनि भाग्यरेखा कोरिन थालेको देखिन्छ ।
जिवन शैली
करिब तीन वर्षअघि टेकबहादुर खपाङ्गीलाई आफूले वर्षौँअघि पढेको विद्यालयबाट चिठी आयो- नयाँ विद्यालय बनाउन चन्दा संकलन गरिदिनुपर्यो । परदेशमा बस्ने नेपालीहरुलाई गाउँघरबाट आउने आमपत्रभन्दा नौलो थिएन यो ।Read more....
गन्तब्य नेपाल
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु


EDT 16:03
21:03
1:48
SYD 6:03



