अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
Life Style हेटौंडाको सेरोफेरो

नरेन्द्र रौले
घुमघामले कति यादहरु ताजा बनाइदिन्छ, कति सम्झनाहरु प्रगाढ बनाइदिन्छ । अनि कुनै यस्ता क्षणहरु मनको कुनामा यसरी बसिदिन्छन्, कहिल्यै मेटिदैनन् । पुस्तकमा नभेटिने ज्ञान र अनुभव यात्राले सिकाउँदो रहेछ ।
शहरमा बस्दा सधैं खुसी, सुख र आनन्द मिल्छ भन्ने के छ र ? तनाव, हैरानी, निराशा पनि उत्तिकै थपिदिन्छ । यो बोझिलो दिनचर्याबाट पर भाग्न मन छ भने घुमघाम उपयुक्त माध्यम हुन सक्छ । धेरै टाढा जान पर्दैन, राजधानी नजिकै मकवानपुरमा प्रशस्त ठाउँहरु छन् । आउनुहोस्, बल्खुको बाटो हुँदै हेटौंडाको यात्रा गरौं । बल्खुमा टाटा सुमोहरुको टिकट लिन धेरै पैसा खर्चिनु पर्दैन । ३ सय ८५ रुपैयाँ तिरेपछि काउन्टरबाट सजिलै टिकट पाइन्छ । बल्खु, कीर्तिपुर, चोभार, दक्षिणकाली हुँदै हुइँकिदा स्वच्छ हावाले स्पर्श गरिरहन्छ ।
र, त्यो हावाले मान्छेको आयु थपेको अनुभूति हुन्छ । आँखाले भ्याए जति सबै सेरोफेरो नियाल्न पाउदा मन चङ्गा हुँदै जान्छ । काठमाडौंबाट जति टाढिदै गइन्छ, त्यति खुसी थपिदै जान्छ । शहरले थोपरेको तनाव त कता हो कता पखालिदै जान्छ । कुलेखानी, सिस्नेरी, देउराली क्रमशः छोडिदैछन् । ऐतिहासिक स्थल चिसापानीगढी बाटैमा छ । यो २ सय वर्षअघि निर्मित नेपालको महत्वपूर्ण सामरिक किल्ला हो । नेपालको एकीकरणपछि भारतका तत्कालिन बि्रटिश शासकहरुको सम्भावित हमलालाई ध्यानमा राखेर यस किल्लाको निर्माण गरिएको थियो । वि.सं. १८६४ मा निर्माण भएको यो किल्ला पछि जेल, यात्रु चेकपोष्ट, भन्सार, बडाहाकिमको दरबारका साथै मकवानपुरको एउटा प्रशासनिक केन्द्र पनि बनेको थियो । यहाँ ठूलो काली तोपसहित, ७ वटा साना मझौला र आकाशे तोप तथा तिनका गोलाहरु सुरक्षित छन् । दरबारको भग्नावशेष पनि यहाँ देख्न सकिन्छ ।
चिसापानीगढीबाट भीमफेदी धेरै टाढा छैन । केही घुम्तिहरु कटेपछि बाक्लो तामाङ बस्तीले घेरिएको भीमफेदी पुगिन्छ । ०४३ साल अघिसम्म मकवानपुरको सदरमुकाम भीमफेदीमा थियो ।
राजधानीदेखि साढे ३ घण्टामै पुगिन्छ, हेटौंडा । महाभारतमा समेत मकवानपुरका विभिन्न ठाउँहरुको प्रसङ्ग समेटिएको छ । वनबासका क्रममा पाँच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैका नामबाट हेटौंडा नाम रहन गएको कथन सुन्न पाइन्छ । हेडम्बा राक्षसकी बहिनी भूटनीसँग भीमसेनको विवाहपछि घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको भन्ने सुनिन्छ ।
मुलुककै तेस्रो औद्योगिक जिल्ला मकवानपुर ऐतिहासिक र पर्यटकीय स्थलहरुका लागि धनी छ । हेटौंडाबाट १८ किलोमिटर पूर्व सोझिने हो भने मकवानपुरगढी पुग्न सकिन्छ । मकवानपुरगढी ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । वि.सं. १७९४ मा सेनवंशीय राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले लगनगाँठो कसेका थिए । नेपाल एकीकरण हुनुपूर्व मकवानपुर सेनवंशी राजाहरुको अधीनमा थियो । मकवानपुरगढी सेन राजाहरुको राजधानी थियो । पृथ्वीनारायण शाहलाई हराउन मकवानपुरका दिगबन्धन सेनले बङ्गालका नवाव मिर कासिमको सहयोग लिएका थिए । नवावको फौजले नेपाली सेनासँग लड्दा ठूलो क्षति बेहोरेको थियो । यो वीरगाथा झल्किने दरबारको रेखदेख स्थानीय पाल्देन दोर्जे लो खटेका छन् ।
मकवानपुरगढी पुगेपछि मन यसै बहलाउँछ । लस्करै मिलेका धुपी-सल्लाका रुखहरु, पारिजात र अन्य रङ्गीबिरङ्गी फूलहरुले मोहनी लगाउँछन् । पहाडको अग्लो थुम्कोमा अवस्थित मकवानपुरगढी सुन्दर, शान्त र मनोरम लाग्छ । दिनप्रतिदिन चढ्दो गर्मी छल्न टाढा-टाढाबाट मानिसहरु यहाँ ओइरिने क्रम यतिबेला बढिरहेको छ ।
मकवानपुर बहुमुखी क्याम्पस, स्नातक तहमा अध्ययनरत हेटौंडाकी रश्मि श्रेष्ठलाई गढीमा घुम्दा निकै रमाइलो अनुभूति भयो । "यहाँ दोस्रो पटक पाइला टेक्ने मौका मिल्यो", रश्मिले सुनाइन्, "मलाइ यो ठाउँ एकदमै मनपर्छ । सिरुबारी र शिखाकटेरी जस्ता सुन्दर दृश्यहरु हेर्दै यहाँ पुग्दा सारा थकान मेटिन्छ ।"
"डेढ वर्षदेखि यहाँ होमस्टे सञ्चालनमा आएकाले बस्न, खानको समस्या छैन," स्थानीय सुशीला थापाले बताइन्, "११ घरहरुमा होमस्टेको व्यवस्था छ ।"
गढीमा प्रसिद्ध वंशीगोपाल तथा सिद्धेश्वर महादेव मन्दिर प्रख्यात छन् । राजदरबार रहेको ठूलो गढ मूल गढका रुपमा परिचित छ । त्यस्तै नजिकैको सैनिक परेड खेल्ने र प्रशासनिक भवन रहेको गढ सानो गढीका नामले परिचित छ । वर्षमा तीन पटक तीज, साउनको कृष्ण अष्टमी र कार्तिक एकादशीमा यहाँ ठूलो मेला लाग्छ । दरबारको रेखदेख गर्न गढी ३ का पाल्देन दोर्जे लो खटिएका छन् । पृथ्वीनारायण शाहको अभद्र व्यवहारले उनकी साली गंगा जमुनाले भीरबाट हाम फालेका, राजालाई जुत्ता नखोली सलाम गरेको झोँकमा २ जना सिपाहीलाइ ढोकैमा काटेको र सेतो हात्तीलाई जमिनमा गाडिएको ऐतिहासिक किस्साहरु अझै हराएका छैनन् ।
हेटौंडामा आसपासमा शहिद स्मारक, सानो मनकामना मन्दिर, भूटनदेवी मन्दिरलगायत थुप्रै घुम्न लायक स्थानहरु छन् । मकवानपुरका अन्य पर्यटकीय स्थानहरुले उत्तिकै मन लोभ्याउँछन् । दामन, पालुङ, सिमभन्ज्याङ, चित्लाङ एक पटक पाइला टेकेपछि फर्केर आउन मन लाग्छ । राजधानीबाट केही घण्टाको बस यात्रापछि पुगिने यी ठाउँहरुमा होटल र लजहरुको राम्रो प्रबन्ध छ । कम्तिमा १५ सय खल्तिमा बोक्नुभयो भने एक रात बिताउन गाह्रो पर्दैन ।

naren.raule@gmail.com
Last Updated : 2012-04-25 07:46:29 | Text Size :
No comments so far
Other News
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायत यात्रापछि वि.सं.१९६४ मा उक्त विद्युत्गृह निर्माणको कार्य सुरु गरेका थिए भने तत्कालीन राजा पृथ्वी वीर विक्रमले वि.सं. १९६८ जेठ ९ गते साँझ ५ वजे काठमाडौँको टुडिखेलको पूर्वमा रहेको सबस्टेसनमा बत्ती बालेर औपचार
काठमाडौँको कुनै अग्लो टावर (हिजोआज थुप्रै अग्ला घरहरु बन्ने गरेका छन्, तीमध्ये कुनै) बाट उत्तरतिर यस्सो नजर उठायो भने टलक्क टल्कने हिमश्रृङ्खला देखिन्छन् । मलाई चाहिँ ती शृङ्खला कुनै विमान परिचारिकाका मिल्दा दाँतजस्तै लाग्छन्, हेर्दैका मनोहर । घरिघरि ती हिम शृङ्खला देख्दा एउटा यात्रा गर्न नपाएको थक
विद्यार्थीकालदेखि नै पदयात्रामा सौखिन राजेश लामाले व्यावसायिक पदयात्रा पथप्रदर्शक र भरियाका रूपमा विश्वकै अग्लो थोराङ भञ्ज्याङ ३५ चोटी ओहोरदोहोर गरिसके ।
मनाङको पाँच हजार ४१६ मिटर संसारकै सर्वाधिक अग्लो हिमाली भञ्ज्याङ थोराङ वारपार गरिसकेका राजेशको परिचय यत्तिमै सीमित छैन ।
विकासका दृष्टिले तुलनात्मकरूपमा निकै पछाडि रहन गएको कालीकोट जिल्लाले अब विस्तारै काँचुली फेर्न थालेको छ । देशका १४ अञ्चलमध्ये सबैभन्दा विकट र विकासमा पछि पर्न गएको अञ्चल कर्णालीमा राजमार्गको रेखा कोरिएपछि कर्णालीवासीका पनि भाग्यरेखा कोरिन थालेको देखिन्छ ।
जिवन शैली
करिब तीन वर्षअघि टेकबहादुर खपाङ्गीलाई आफूले वर्षौँअघि पढेको विद्यालयबाट चिठी आयो- नयाँ विद्यालय बनाउन चन्दा संकलन गरिदिनुपर्यो । परदेशमा बस्ने नेपालीहरुलाई गाउँघरबाट आउने आमपत्रभन्दा नौलो थिएन यो ।Read more....
गन्तब्य नेपाल
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु

EDT 2:17
7:17
12:02
SYD 16:17