अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
Life Style काठमाडौंदेखि लुम्लेसम्म

जनक तिमिल्सिना
धुलो, धुवाँभित्र निस्सासिएको जीवनबाट मुक्ति पाइने, केही दिनलाई भए पनि अफिसको कामबाट छुटकारा पाइने भएकाले घुम्न जाने भन्नेबित्तिकै म हिजैदेखि फुरुङ्ग परेको थिएँ । किनभने करिब २/३ साताको अथक परिश्रमपश्चात् हामीले पोखरा-लुम्ले तीन दिने भ्रमणको तयारी सकेका थियौँ । तीन दिन उपत्यकाबाहिर साथीहरुसँगै आनन्द लिन पाइने भए पनि ममा उत्साह र जाँगर थपिएको थियो ।
चार दिन यताका तयारीहरुको बीचबाट योजना सफल भएकोमा म र मेरो टीमका साथीहरु दंग थियौँ । हाम्रो भदौ ५ गते काठमाडौंबाट पोखरा लुम्लेको भ्रमणका लागि निस्कियौं । करिब ५ हजार पकेट खर्चसहित ।
भदौ ५ गते बिहान सात बजे योजनाअनुरुप, हामी निर्धारित गन्तव्यमा पुग्नका लागि काठमाडौंको अनामनगरबाट बसमा चढ्यौं । कोही साथीहरु पुगिसकेका थिए । कोही जम्मा हुँदै थिए । ७:४८ बजे अनामनगरबाट हामी पोखराका लागि रवाना भयौँ । बस नयाँ बानेश्वर, त्रिपुरेश्वर हुँदै कालिमाटीबाट थानकोट कट्यो ।
यससँगै धुँवायुक्त काठमाडौँको प्रदूषणयुक्त ठाउँबाट हामी निकै टाढा पुग्यौँ । भ्रमण टोलीमा ३८ जना सदस्य थियौँ । हामी चढेको बा १ प ७९० नम्बरको बस बिहानको ८ः५० मा थानकोटपछि पहाडी नागबेलीहरुलाई छिचोल्दै ओरालो र्झन थाल्यो । काठमाडौँदेखि लगभग ३ सय ४० किलोमिटर दूरीमा रहेको पोखरा हाम्रो पहिलो दिनको गन्तव्य थियो ।
बसको झ्यालबाट माथिमाथि पहाडतिर देखिने बादलका केही झुप्पा पहाडमा अडेस लागेका थिए । ओरालोका नागबेली छिचोलिरहँदा सुरिलो हावा, मकैका बारी, झुप्रे बस्ती भिरालो डाँडामा चिटिक्क परेका घर, वरपरका साना र आकर्षक थुक्का एक दुई घर झनै मोहक थिए । बाटोभरि कटेज र छुपे्र पसलहरु पनि सुन्दर देखिन्थे ।
गाडी केही समय ओरालो झरेपछि नदी किनारमा हुइँकिन थाल्यो । मोबाइलमा सुरिलो गीत बज्दै थियो, "यो मौसम यो हरियाली ।’ संगीतको सुरिलो धुन र सिरिरी बहने हावासँगै मितेरी गाँस्दै हामी निरन्तर नदी किनारको यात्रामा रह्यौँ । अग्ला डाँडाहरुको फेदीबाट नागबेली बनेको सडक र तलतिर सुस्साइरहेको त्रिशुली निकै मोहक देखिन्थ्यो ।
बिहानको खानाको लागि हामी पूर्व निर्धारित योजनाअनुरुप मलुखेस्थित रिभरसाइड रेष्टुरेन्टमा पुग्यौँ । त्यहाँ खाना खाएर केही बेर आराम गर्यौँ । त्रिशुलीको नदीको छेवैमा पर्ने भएकाले साथीहरु नदी र पहाडलाई पर्दा बनाएर फोटोहरु कैद गरिरहेका थिए । दृश्यहरु लोभलाग्दा थिए । त्यसपछि हाम्रो यात्रा पुनः गन्तव्यस्थानतिर सोझियो । हामीले मुग्लिनको पुल काटेर त्रिशुली किनारको यात्राको बिट मार्दै मस्र्याङदी किनारमा हुइँकिन थाल्यौँ । तल मस्र्याङदी सुस्साइरहेको थियो । सबै साथीहरु रमाइलो गरिरहेका थिए । कोही गाउँदै, कोही नाच्दै थिए । स्थिर त कोही पनि थिएनन् ।
मस्र्याङदी नदीको किनारको यात्रामा रहँदा बाटोमा पहाडी भूभागको बाटोमाथि बगिरहेको सुन्दर झरना देखियो । गुरुजीले गाडी रोक्नुभयो । हामी सबै झर्यौँ । साथीहरुलाई छाँगालाई हेेेरेर मात्र चित्त बुझेन । अनि त्यही पानीमा डुब्लकी मार्न समेत भ्याए । केही स्न्याप फोटो खिचेपछि हामी पुनः गन्तव्यतिर अगाडि बढ्यौँ । एउटा रमाइलो अनुभूति भइरहेको थियो ।
मस्र्याङदी किनारै-किनारको यात्रामा निकै रमणीय ठाउँहरु रहेछन् । झरनामा भिजेका साथीहरुलाई लुगा फेर्न र केही सामान्य नास्ता गर्नका लागि हामी घाँसीकुवा भन्ने ठाउँमा रोकियौँ । हाम्रो यात्रामा रहनु भएका कलेजका सरहरुले केरा र अम्बा किनेर सबैलाई बाँड्नुभयो । भिजेका साथीहरुले ड्रेस फेरे ।
गाडी पुनः अगाडि बढ्यो । दमौली, ब्यास बजार, पिपलटार, खैरनीटारलगायतका ठाउँहरु हुँदै साँझ करिब ६ बजे हामी पोखरा पुग्यौँ । चारैतिर हरियाली देखिने अनि बादलले ढाकेका पहाडमा थुक्काहरु मनै लोभ्याउने खालका थिए । पोखराको अजीब सौन्दर्यले मोहनी लगाइरहेको थियो । वाह, हाम्रो पोखरा ! सुन्दर पोखरा !! जसलाई शब्दका उन्न सकिदैन, भावमा व्यक्त गर्न सकिदैंन ।
हामी पोखरा पुगेलगत्तै विन्ध्यवासिनी मन्दिर घुम्न जाने निर्णय भयो । तर, केही साथीहरुले विभिन्न कारण देखाउँदै नजाने भनेर अड्डी कसे । तर, हामी सबै मन्दिर गयौँ । बजारको एक कुनामा पर्ने यो मन्दिर सुन्दर र आकर्षक डिजाइनमा निर्माण गरिएको छ । त्यहाँ हामीले तस्बिर खिच्यौँ र पुनः अगाडि बढ्यौँ । हामी पहिलो दिन नै केही भ्रमणका निश्चित गन्तव्यहरु सिध्याउन चाहन्थ्यौँ । त्यस कारण हामी लगत्तै महेन्द्र गुफा गयौँ । यो त प्राकृतिक रुपमा नै निर्माण भएकोले झनै आकर्षक थियो, अँध्यारो अनि यस गुफाको छत माथिबाट पानी वषिर्रहेको । पोखरामा रहेको यो पनि एउटा पर्यटकीय गन्तव्य हो, जहाँ वर्षेनी हजारौँ पर्यटकहरुले यसको भ्रमण गर्दछन् । हामी गुफाबाट बाहिर निस्कदा सिमसिमे पानी वषिर्रहेको थियो । गुफाको भ्रमण सकेर हामी नजिकैको क्याफेमा चिया नास्ताका लागि बस्यौँ । साथीहरुले घोडचढीको आनन्द लिए ।
त्यसपछि हाम्रो यात्रा सेती खोँचतिर मोडियो । हामीले सेती खोँचमा गएर सानो नहरजस्तो खोँचमा ठूलो आवाज छोड्दै बगिरहेको सेती नदीको आनन्द लियौँ । त्यसपछि हामी पोखराको लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टमा पुग्यौँ । साँझ ८ बजेतिर खाना खाएर हामीले केही समय विभिन्न कार्यक्रमहरु गरेर आनन्द लियौँ । र, हामी सुत्नका लागि पुनः भिलेज रिसोर्ट फर्कियौँ ।
...........
भोलिपल्ट बिहान ६ बजे सबै साथीहरु उठे । नुहाई धुवाई गरेर हामी फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न गयौँ । हामीले फेवातालमा डुंगा चढेर मन्दिरको दर्शन गर्यौँ । तालको बीचमा रहेको मन्दिर निकै सुन्दर रहेछ ।
त्यसपछि हामी बसेका पोखरा भिलेज रिसोर्टमा आयौँ । पोखराका केही ठाउँहरु घुम्न समेत बाँकी थियो । त्यसपछि हामी डेभिड फल्स हेर्न गयौँ । सेती नदी तुफानी गतिमा धेरै माथिबाट बजि्ररहेको दृश्य निकै सुन्दर थियो । यसलाई पातले छाँगाका रुपमा पनि चिनिन्छ । यो पनि पर्यकीय गन्तव्य हो । यहाँ साथीहरुले केही समय सपिङ पनि गरे । छाँगाको अवलोकनपश्चात् हामी १२ बजेका खानाका लागि लेकसाइडस्थित दुना टपरी रेष्टुरेन्ट पुग्यौँ । जहाँ जान फेवातालको किनारैकिनार जानुपर्दोरहेछ । प्राकृतिक सुन्दरतामा मोहित भएको हाम्रो टिम भावुक साहित्यकार बनेको थियो । कोही आफैँ गीतकार बनेका थिए भने कोही गायक । कसैलाई नयाँ कविता फुरिहेका थिए । मृदृभाषीहरु मनैभित्र संस्मरण बुनिरहेका हुँदा हुन् । दुना टपरीबाट विशाल फेवाताल एकै नजरमा अवलोकन गर्न सकिन्थ्यो ।
अब भने आफ्ना सामनाहरु प्याक गरेर लुम्लेका लागि अगाडि बढ्यौँ । बस नदी किनारका बस्ती हुँदै उकालीहरु छिचोल्न थाल्यो । बेजोडसँग हावा बहिरहेको थियो । पोखराबाट ३४ किलोमिटर दूरीमा रहेको लुम्लेमा कृषि प्राविधिक फार्म छ । जसलाई मुलुककै सबैभन्दा ठूलो कृषि वैज्ञानिक खोज हुने स्थानका रुपमा लिइन्छ । हामी त्यही कृषि अनुसन्धान केन्द्रमा बस्यौँ । साँझ खाना खायौँ । केही समयको रमाइलोपश्चात् हामी करिब १२ बजेतिर सुत्यौँ । रमाइलो त के भने, यहाँ जुका लाग्ने भएकाले साथीहरु कोही रोइरहेका त कोही हाँसिरहेका थिए ।
भोलिपल्ट ६ बजे उठ्यौँ । ७ बजे खाजा खाएर हामी पोखरातिर रवाना भयौँ । त्यसपछि हाम्रो यात्रा काठमाडौँतिर सोझियो । पुनः त्यही सुन्दर र मोहन नागबेलीहरु पछ्याउँदै गाडी काठमाडौंका लागि अगाडि बढ्यो । हामीले घाँसी कुवामा गाडी रोकेर केही नास्ता खायौँ र पुनः अगाडि बढ्यौँ । मुग्लिन हुँदै मलेखुको रिभरसाइड रेष्टुरेन्टमा हामीले तेस्रो दिनको बिहानको खाना खायौँ । खाना खाइसकेपछि पुनः हामी काठमाडौतिर अगाडि बढ्यौँ । गाडी रफ्तारमा कुदिरहेको छ । साँझ ७ बजे हामी काठमाडौं आइपुग्यौँ । सबै साथीहरु आ-आफूलाई पायक पर्ने ठाउँबाट घरतिर लागे । उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहृयो भ्रमण ।

Last Updated : 2012-02-29 06:14:40 | Text Size :
No comments so far
Other News
दस उत्कृष्ट गन्तव्य सूचीको तेस्रो स्थानमा परेको उपल्लो मुस्ताङका पुराना गुम्बा संरक्षणको पर्खाइमा छन् । लोन्ली प्लानेट ट्राभल गाइड बुकद्वारा तयार सो सूचीको तेस्रो स्थानमा परेको उपल्लो मुस्ताङका छुसाङ, चराङ, सुर्खाङ, घमी, लोमान्थाङ, छोन्हुप र छोसेर गाविसमा १५ औँ शताब्दीमा निर्मित गुम्बा पर्यटकको मु
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायत यात्रापछि वि.सं.१९६४ मा उक्त विद्युत्गृह निर्माणको कार्य सुरु गरेका थिए भने तत्कालीन राजा पृथ्वी वीर विक्रमले वि.सं. १९६८ जेठ ९ गते साँझ ५ वजे काठमाडौँको टुडिखेलको पूर्वमा रहेको सबस्टेसनमा बत्ती बालेर औपचार
काठमाडौँको कुनै अग्लो टावर (हिजोआज थुप्रै अग्ला घरहरु बन्ने गरेका छन्, तीमध्ये कुनै) बाट उत्तरतिर यस्सो नजर उठायो भने टलक्क टल्कने हिमश्रृङ्खला देखिन्छन् । मलाई चाहिँ ती शृङ्खला कुनै विमान परिचारिकाका मिल्दा दाँतजस्तै लाग्छन्, हेर्दैका मनोहर । घरिघरि ती हिम शृङ्खला देख्दा एउटा यात्रा गर्न नपाएको थक
विद्यार्थीकालदेखि नै पदयात्रामा सौखिन राजेश लामाले व्यावसायिक पदयात्रा पथप्रदर्शक र भरियाका रूपमा विश्वकै अग्लो थोराङ भञ्ज्याङ ३५ चोटी ओहोरदोहोर गरिसके ।
मनाङको पाँच हजार ४१६ मिटर संसारकै सर्वाधिक अग्लो हिमाली भञ्ज्याङ थोराङ वारपार गरिसकेका राजेशको परिचय यत्तिमै सीमित छैन ।
जिवन शैली
पेसाले सिभिल इन्जिनियर सुनिल थापा डक्बुको न्यु साउथ वेल्सको पब्लिक वक्र्स डिपार्टमेन्टमा विभिन्न निर्माण क्षेत्रका परियोजनाको प्रमुख भएर काम गरिरहनु भएको छ । तीन वर्षअघि अस्ट्रेलिया आएर यहाँको सरकारी जागिरमा संलग्न थापाले नेपालबाटै पढाइ सकेर नेपालका विभिन्न परियोजनाहरुमा पनि काम गर्नु भएको अनुभव छ । Read more....
गन्तब्य नेपाल
दस उत्कृष्ट गन्तव्य सूचीको तेस्रो स्थानमा परेको उपल्लो मुस्ताङका पुराना गुम्बा संरक्षणको पRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु

EDT 21:12
2:12
6:57
SYD 11:12