अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
मेरो वरिपरिको कथा
बुल्सन[ ]
मोबाइलको घन्टी बज्यो ।
"हेलो..."
"थ्याङ्क्यु ।"
अनि तिमीलाई पनि धेरै-धेरै शुभकामना ।
"हृयाप्पी न्यू इयर"
राजले फोन राखेपछि मेसेजहरु देख्यो फोनमा । मेसेज हेर्दै टिभी अन गर्यो । रिमोट घुमाउँदै सिएन्एन्मा गएर अडियो । टाइटेनिक डुबेको एक सय वर्ष भएको खबर आइरहेको थियो । १९१२ को अपि्रल १४ को दिन टाइटेनिक विशाल बरफसँग ठोक्किन पुगेको थियो र क्षणभरमा नै डुबेको थियो । १५०० भन्दा बढी यात्रुहरुले त्यस घटनामा ज्यान गुमाएका थिए अनि सात सय केही त्यो विशाल जहाज नडुब्दै बाहिर उत्रिसकेका थिए । बीचबाट आधा-आधा भएको टाइटेनिकका दुई टुक्रा समुन्द्रको पिँधमा दुई हजार फिट टाढा छन् । राजले आˆनो मोबाइलमा हेर्यो, आज त अपि्रलको १३ रै'छ ।
राजले टिभीमुनि डिभीडीले भरिएको ब्याग खोल्यो, अनि सर्सर्ती पाना पल्टाउँदै हेर्यो । केही ननिकाली फिर्ता राख्यो ।
राज एउटा ट्रेकिङ एजेन्सीमा काम गर्छ । काममा पुग्ने बित्तिकै इमेल चेक गर्यो । उसले एक जना अस्ट्रेलियनको इमेल कुरेको थियो । ट्रेकिङमा जाँदा यो अस्ट्रेलियनसँग उसको राम्रो दोस्ती भएको थियो । अनि एउटा इमेलले उसको ध्यान खिँच्छ ।
प|mम् ः नोबुको
सब्जेक्ट् ः हैप्पी न्यु ईयर
एक वर्षभन्दा बढीमा पहिलो इमेल थियो यो, नोबुकोले पठाएको । पाँच वर्षअघि, ट्रेकिङ गाइड भएर काम गर्दा अन्नपूर्ण जाँदाको कुरा हो । नोबुको र उसका जापानी साथीहरुको समूहलाई राजले पुनहिल घुमाउँदै थियो । त्यो टोलीमा सबैभन्दा राम्री नोबुको नै थिई । सुन्दर अनि मुस्कुराइरहने अनुहार । पुनहिलबाट फकिर्ने बेला नोबुको बिरामी भई । सबै साथीहरु अघिअघि हिँडेका थिए । उसले केही भनिन, साथीहरुलाई रोक्नु पर्ला भनेर ।
गति साह्रै कम भएपछि राजले कुरा बुझ्यो । सबै साथीहरुसँग छलफल गरेर, निकै बेरको थकानपछि सबै जना घोरेपानी पुगे । मार्फा हुँदै जोमसोमसम्मको यात्रामा थियो यो टोली । नोबुको जान नसक्ने भई ।
बिरामी अवस्थामा एक्ली नोबुकोलाई छोडेर जान साथीहरु नमानेपछि सबै पोखरा फर्किए, अनि पोखरा वरपर मज्जाले घुमघाम गरे ।
"हैप्पी बर्थ डे, नोबुको !" राजले बिहानै शुभकामना दियो । उसले ट्रेकिङ परमिट लिने बेला नोबुकोको पासपोर्टबाट उसको जन्मदिन थाहा पाएको थियो । उसले दिएको स्कार्फ लगाएर नोबुकोले निकैबेर ऐना हेरी । गाढा हरियो रङको त्यो उपहार उसलाई खुब मन पर्यो । एउटी साथीले त गिज्याई, "नेपालतिरै बसौली है !"
नोबुको टुहुरी थिई । बाबु-आमा सानैमा बितेपछि उसलाई काका-काकीले पालेका थिए । नोबुकोलाई पनि राज मन पर्दै गयो । उनीहरु धेरै समय सँगै बिताउन थाले । उनीहरु साथी भए । राजले आˆनो कथाहरु भन्यो । उसको बाबु ऊ नजन्मिदै बितेका थिए । घरमा आमा मात्रै रहेको कुराले झन् आकषिर्त भई नोबुको । उसलाई 'हामीहरुलाई भगवानले एक अर्कोको लागि बनाएका हुन्' भन्ने लाग्यो ।
अर्को बिहान नोबुकोको आँखा छोपेको कपाल हटाउँदै राजले सुम्सुमायो । नोबुको ब्युँझी । दुवैले केही अप्ठेरो महसुस गरे । माहोल सहज बनाउन राजले सोध्यो, "तिम्रो नामको अर्थ के हो नि ?"
"इमान्दार बच्चा, विश्वासिलो ।"
नोबुकोको इमेल पढिरहँदा अर्को इमेल आयो, त्यही अस्ट्रेलियनले स्पोन्सर लेटर पठाएको । उसले फोन लगायो, "हेलो समिर, स्पोन्सर लेटर आयो ।..."
"ल, ल । आधि घण्टामा आइपुग्छु । अरु के के ल्याउनु पर्छ ?"
अनि ऊ समिरलाई भेट्न गयो । समिर माइग्रेसन कन्सल्ट्यन्ट हो, उसको साथी पनि ।
समिरको बाट फर्किंदा उसले बाटोको छेउमा सिडी डिभीडी बेच्न राखिएको ठेला देख्यो ।
"भाइ, टाइटेनिक फिलिम छ ?"
"पुरानो हो केरे फिलिम त, त्यही नि हेर्छु ।"
"कति ?"
"तीस दिनु न ।"
लाइन गएन भने भरे नै हेर्ने सोच बनायो उसले ।
फिल्म हेरिरहँदा उसलाई नोबुकोको धेरै याद आयो ।
नोबुको दोस्रो पटक नेपाल आउँदा उनीहरुको बिहे भएको थियो । राज जापान गएको दुई वर्ष भयो । मार्चको १० तारिक फुकुसिमाको एउटा रेस्टुरेन्टमा केही साथीहरुसँग उनीहरुले राजको जन्मदिन मनाए । भोलिपल्ट बिहान सबैतिर कोलाहल सुरु भयो । सबैजना भागाभाग भए । नोबुकोले राजलाई जगाई । पत्याउनै नसक्ने गरी मान्छेहरु मरे, आँखा अगाडि नै । घरहरु बगे, भत्किए । कति अनाथ भए ।
राजले नोबुकोलाई आउन सक्ने खतराको बारेमा बतायो ।
"नोबु, हामी नेपाल जाऊँ, पछि सबै ठीक भएपछि फर्किउँला !"
उसले जान मानिन, "यो अवस्थामा म कसरी जान सक्छु !"
"तर यहाँ खतरा छ ।"
"खतरा तिमी र मलाई मात्रै होइन, यहाँका सबैलाई छ ।"
"तर म मर्न चाहन्न नोबु, मतलब हामी !"
राज बस्न नसक्ने, नोबुको देश छोडेर जान नसक्ने ।
"अरु समय भएको भए म जान्थें, तर म वहाँ गएर टिभीमा मेरा मान्छेहरु मरेको हेर्न सक्दिनँ राज !"
उनीहरुको बिमति बढेर गयो ।
"तिमी यहाँ कसको लागि बस्छ्यौ त ? तिम्रो को नै छ र ?"
"यो कस्तो प्रश्न सोधेको तिम्ले ? यो मेरो देश हो र म बाँचुन्जेल मेरो देशलाई मेरो खाँचो छ । अझ यो दुःखको घडिमा बढी । तिमी त अवसरको खोजीमा...", बोल्दा बोल्दै ऊ रोक्किई । बेस्सरी रोई ।
"मलाई गलत नसम्झ राज । म तिमीले युद्धको कारण चट्ट नेपाल छोडेकोजस्तो छोडेर जान सक्दिनँ । म स्वार्थी बन्न सक्दिनँ राज । मलाई माफ गर", ऊ अझै सुँक्क-सुँक्क गर्दै थिई ।
"म तिमीलाई रोक्न सक्दिनँ र जाऊ पनि कसरी भनूँ ? कसरी भनँू ?"
"याद छ त्यो बिहान ? तिमीले मलाई मेरो नामको अर्थ सोधेको ? म मर्छु बरु तर म इमान्दार बच्चा नै भएर मर्छु ।"
"कम ब्याक ज्याक्, कम ब्याक्" फिल्मको आखिरी दृश्यले राज झस्कियो ।
नोबुकोले इमेलमा गत वर्षको फुकोसिमाको सुनामीपछि भएका सबै कुराहरु इमेलमा लेखेकी थिई । ऊ आत्माग्लानिले उकुस्मुकुस भयो । राजले समिरलाई फोन गरेर अब सबै प्रोसेस बन्द गर्न भन्यो अनि नोबुकोलाई इमेल लेख्न बस्यो ।
"पि्रय नोबुको, मलाई माफ गरिदेऊ । मलाई थाहा छ, तिमीले मलाई स्वार्थी किन भन्यौ, किनकि मेरो मन नदुखाई मलाई टाढा पठाउन सक्दिनथ्यौ । तिम्रो जिद्दीको अगाडि मलाई पनि मेरो आमाको याद आयो । अनि मेरो देशको..."
लेख्दै मेट्दै, अनि फेरि लेख्दै मेट्दै निकै लामो इमेल लेख्यो उसले ।
अनि तल लेख्यो- "टाइटेनिकको दुई टुक्रा मध्येको एक ।"
st.bulson@gmail.com

Views : 501 | Last Updated : 2012-04-25 08:09:24
No comments so far
Other Literature/Article
सिनेमा हेर्दा भावुक दृश्यहरुमा आँखा रसाएको थियो धेरै पटक । त्यो पनि दृश्य र प्रसङ्ग परिवर्तन भएपछि खस्नै लागेका आँशु भए पनि थामिने गर्दथ्यो । अर्थात् प्रत्यक्ष रुपमा पात्रहरुले वास्तविक जस्तै भएर अभिनय गरेका कयौँ सिनेमाका अ
साउनको ३ गते मैले घर छाडेँ । २०५३ साल थियो त्यो । एसएलसी त्यही सालको चैतमा दिनुपर्ने थियो । बाउआमाको कचकच एक कानले सुन्दै अर्को कानबाट फुस्स हावामा उडाइदिएँ । जीवनमा पहिलोपटक दुई साताको लागि घर छाड्दै थिएँ म । मनमा घर छाड्नुपर्द
अस्पतालबाट बाहिरिदै गरेकी तृष्णा आज पखेटा फिँजाएर उड्न चाहन्छे । हुन पनि उसले आफूखुसी नउडेको ६ महिना भइसकेको थियो ।
बेलायती लेखिका इ एल जेम्सको 'फिफ्टी सेड्स अफ ग्रे'ले छोटो अवधिमा नै धेरै किताब बिक्ने कीर्तिमान बनाएको छ । यसअघि जे के रोलिङको 'हृयारी पोर्टर' शृङ्खलाले यो कीर्तिमान बनाएको थियो ।
जिवन शैली
करिब तीन वर्षअघि टेकबहादुर खपाङ्गीलाई आफूले वर्षौँअघि पढेको विद्यालयबाट चिठी आयो- नयाँ विद्यालय बनाउन चन्दा संकलन गरिदिनुपर्यो । परदेशमा बस्ने नेपालीहरुलाई गाउँघरबाट आउने आमपत्रभन्दा नौलो थिएन यो ।Read more....
गन्तब्य नेपाल
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु

EDT 1:24
6:24
11:09
SYD 15:24