

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
ट्रेनभित्र आधा घण्टा-२
निष्प्रभ सजी[ ]
साउदी गएका एउटा साथीलाई त्यहाँको हालखबर कस्तो छ भनेर प्रश्न गर्दा, जवाफ यस्तो आएको थियो, "अरु त ठिकै छ यार ! घाम भने तालुमै पर्छ ।" क्विन्सल्यान्डबाट सिड्नी सरेपछि म र अभि आज एउटा कोठाको इन्सपेक्सनका लागि गएका थियौँ । ट्रेनभित्र छिरेपछि पनि हामी दुवै पसिना चुहाउँदै थियौँ । बिहान निक्लिँदा पि|mज रित्तो थियो, ब्रेकफास्टको रित्तो अनुहार लिएर निस्केका हामी फकिँदा पनि थकित र रित्तै थियौँ । करिब तीन घन्टाको दौडधूपमा पनि केही खाने अवसर मिलेन, सिटमा बसिसकेपछि पसिना पुछ्दै गरेको अभिलाई भनेँ, "अभि, ब्रेकफास्ट त नुनिलो हुँदो रै’ छ ।" अभि हाँसौँ कि नहाँसौँ गरेर थोरै मुस्कुरायो । आज अभि मसँग रिसाएको छ तर कारण मभन्दा बढी आजको अनुभव थियो । तर रिसको परावर्तन भने मतिर आयो ।
इन्सपेक्सन गर्न निक्लिएको घरमा पुगेपछि, यस्तै पचासको छेउछाउ उभिएको अस्ट्रेलियनले हामीलाई स्वागत गरेको थियो । हामी कोठाभित्र छिर्यौँ । उसले क्रमशः कोठा, किचेन र बाथरुम देखाउँदै गयो । घरभित्र निकै अनौठो गन्ध थियो । तर के को भन्ने हामीले ठम्याउन सकिरहेका थिएनौँ । त्यतिकैमा ब्याकयार्डतिर मोडियौँ, बल्ल घरभित्रको गन्धको कारण थाहा भयो । केथ अर्थात् घरमालिकले अजंगका दुइटा कुकुर पालेको रहेछ ।
ब्लग
हामीलाई अब कतिखेर यो घरबाट निक्लौँ भइरहेको थियो । केथले अझै कुकुरको नाम कृष्णा र अर्जुना राखेको सुनेपछि झन् संवादमा रौनक थपियो । कुकुरहरू, फार्ममा भएका भेडाहरूको हेरचाह गर्नका लागि पालिएका रहेछन् । हामीले बिना कुनै विश्लेषण, केथलाई फोनबाट सम्पर्क गर्ने निधोमा बिदा माग्यौँ । जाँदाजाँदै, उसले अभिलाई पि|mज खोलेर आइसक्रिम खान आग्रह गर्यो । हुन त आइसक्रिम जेलाटो थियो । अभिले आˆनो स्वास्थ्यको कारण देखाउँदै खान मानेन । हामी घरबाट बाहिर निस्कियौँ । बाहिर निस्कन नपाउँदै त्यो घरमा बस्न नहुने दुई वटा कारण निस्किए ।
एउटा, घरभित्रको गन्ध र अर्को समलिङ्गी केथ । कोठामा केटी बस्न नपाउने शर्त, केथको अभिप्रतिको आकर्षण र केथको हाउभाउका कारण हामीलाई यो निक्र्यौल गर्न समय लागेन । हामी ट्रेन स्टेशनसम्म केथको जेलाटो सम्झँदै हिँड्यौँ । यही जेलाटोको कारण ट्रेनभित्र ठुस्सिएर बसेको अभि बल्ल खुलेर हाँस्यो । देशमा दशैँको माहोल बनेको थियो । यता बस्ने ठेगान थिएन । बिहीबार परेको थियो, यो वर्षको विजया दशमी । यत्तिकैमा हरर्टसभील आयो, यो प्लेटफार्ममा झर्दा बेइजिड अथवा सिड्नी दुवै उस्तै लाग्छन् । घरमा रित्तो पि|mज पर्खिरहेको छ । प्लेटफार्मसँगै जोडिएको कोल्समा मान्छेहरूको भीड छ ।
nisprabhsaji@gmail.com
Views : 502 | Last Updated : 2011-10-18 09:58:02
No comments so far
Other Literature/Article
सिनेमा हेर्दा भावुक दृश्यहरुमा आँखा रसाएको थियो धेरै पटक । त्यो पनि दृश्य र प्रसङ्ग परिवर्तन भएपछि खस्नै लागेका आँशु भए पनि थामिने गर्दथ्यो । अर्थात् प्रत्यक्ष रुपमा पात्रहरुले वास्तविक जस्तै भएर अभिनय गरेका कयौँ सिनेमाका अ
साउनको ३ गते मैले घर छाडेँ । २०५३ साल थियो त्यो । एसएलसी त्यही सालको चैतमा दिनुपर्ने थियो । बाउआमाको कचकच एक कानले सुन्दै अर्को कानबाट फुस्स हावामा उडाइदिएँ । जीवनमा पहिलोपटक दुई साताको लागि घर छाड्दै थिएँ म । मनमा घर छाड्नुपर्द
अस्पतालबाट बाहिरिदै गरेकी तृष्णा आज पखेटा फिँजाएर उड्न चाहन्छे । हुन पनि उसले आफूखुसी नउडेको ६ महिना भइसकेको थियो ।
बेलायती लेखिका इ एल जेम्सको 'फिफ्टी सेड्स अफ ग्रे'ले छोटो अवधिमा नै धेरै किताब बिक्ने कीर्तिमान बनाएको छ । यसअघि जे के रोलिङको 'हृयारी पोर्टर' शृङ्खलाले यो कीर्तिमान बनाएको थियो ।
जिवन शैली
करिब तीन वर्षअघि टेकबहादुर खपाङ्गीलाई आफूले वर्षौँअघि पढेको विद्यालयबाट चिठी आयो- नयाँ विद्यालय बनाउन चन्दा संकलन गरिदिनुपर्यो । परदेशमा बस्ने नेपालीहरुलाई गाउँघरबाट आउने आमपत्रभन्दा नौलो थिएन यो ।Read more....
गन्तब्य नेपाल
काठमाडौँबाट झन्डै १७ किलोमिटरको दूरीमा रहेको यही स्थानको पानीबाट चन्द्रशमशेरले आफ्नो बेलायRead more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु


EDT 13:03
18:03
22:48
SYD 3:03



