

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
All News
1 23......626364Next
ह्यारो / ख्याति प्राप्त टेली चलचित्र मेरी बास्सैका कलाकारद्वय केदार घिमिरे (माग्ने बूढा) र विल्सन विक्रम राई (तक्मे बुढा)ले बेलायतमा आफ्नो प्रस्तुति दिएका छन् । साउथ ह्यारोस्थित ह्यारो फुटबल क्लबमा गत साता उनीहरुले आफ्नो प्रस्तुति दिएका थिए । व्यङ्ग्यात्मक प्रहशनसहित नेताहरुलाई घोचपेच गर्दै उनीहरुले केही कमेडी पनि पस्किए ।
यूके | 0 Comments
फोल्क्स्टोन नेपाली समाज (एफएनएस) ले गत वर्षहरुमा झैं यस वर्ष पनि भव्य रुपमा एफएनएस कप सम्पन्न गरेको छ । समाजका खेलकुद सचिव झपिन्द्र थापाको संयोजन र एफएनएसका सदस्य टोलीहरुको सहयोगमा खेल सम्पन्न गरिएको थियो ।
यूके | 0 Comments
बोर्नमाउथ / बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले बोर्नमाउथ विश्वविद्यालयमा नेपालको पर्यटनका बारेमा प्रवचन दिएका छन् ।
बोर्नमाउथ विश्वविद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा राजदूत चालिसेले नेपाल साहसिक र सांस्कृतिक पर्यटनका लागि विश्वकै अनुपम भण्डार रहेको बताए ।
यूके | 0 Comments
अल्डरसट । आदिवासी जनजाति महासंघ बेलायत, संघीय परिषदको पहिलो वाषिर्क साधारणसभा सम्पन्न गर्दै आदिवासी जनजाति पत्रकार संघ गठन गरेको छ ।
यूके | 0 Comments
लण्डन / आधा शताब्दी पार गरिसकेको बेलायतस्थित पहिलो नेपाली संस्था यती नेपाली एशोसियसन युकेले आफ्नो गोल्डेन जुब्ली विशेष कार्यक्रमका साथ मनाएको छ ।
यूके | 0 Comments
युके / खेलकुदको माध्यमबाट स्वदेश तथा विदेशमा आफ्नो प्रतिष्ठा कायम गर्दै आएको सहारा एफसी युकेले छोटो इतिहासको दौरानमा आफ्नो नाम उच्च राख्न सफल भएको छ । यसले विभिन्न च्यारिटीका कामहरुमा पनि आफ्नो भूमिकालाई मजबुद बनाउँदै लगेको छ ।
यूके | 0 Comments
लण्डन / नेपाली जनसम्पर्क समिति (एनपीसीसी) युके साउथइष्ट लण्डन क्षेत्रीय अधिवेशनले भोज प्रसाद गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि उपाध्यक्ष रहेका गुरुङको नेतृत्वमा सर्वसम्मत २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।
यूके | 0 Comments
बेलायत / बेलायतमा बसोबास गरिरहेका नेपाल प्रहरीका पूर्व अधिकृत शिवजी श्रेष्ठको अध्यक्षतामा फुटबल क्लब स्थापना भएको छ । बेलायतका प्रमुख नदीहरु थेम्स र लीको नाममा स्थापित थेम्स ली युनाइटेड फुटबल क्लबको उपाध्यक्षमा पवन खत्री, सचिवमा गंगा बहादुर राना, सहसचिवमा रामसुन्दर शाह, कोषाध्यक्षमा कुल अर्याल, वेलफेयर अफिसरमा नारायण बहादुर सापकोटा रहेका छन् ।
यूके | 0 Comments
नर थाम्सुहाङ, बेलायत / किराँत याक्थुङ चुम्लुङ (केवाइसी) युकेको विधान २००३ तेश्रो संशोधनसहित पारित भएको छ । गत साता केवाइसी अध्यक्ष सुवास चन्द्र जगेबुको अध्यक्षतामा सम्पन्न विधानसभाले विधान संशोधनसहित पारित गरेको हो । लिम्बु समुदायलाई संगठित बनाइ आफ्नो भाषा, लिपि, धर्म, मुन्धुम, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न सन् २००३ मा केवाइसी स्थापना भएको थियो ।
यूके | 0 Comments
फोल्क्स्टन / गोर्खा प्यालेस रेन्टुरेन्टको प्रायोजन तथा गोर्खा गल्फ सोसाइटीको आयोजनामा आइतबार फोल्क्स्टन केन्टमा तेश्रो गोर्खा प्यालेस गल्फ कप सम्पन्न भएको छ ।
यूके | 0 Comments
लण्डन / गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र बुझाएको एक साता नबित्दै समितिले नेपाल सरकारलाई पनि सोही व्यहोराको ज्ञापनपत्र बुझाएको हो ।
यूके | 0 Comments
लण्डन / चाल्र्टनस्थित नेपालीहरुको समाज चाल्र्टन नेपाली समाजले गत सातादेखि विधिवत् रुपमा नेपाली भाषाकक्षा शुरु गरेको छ । विदेशमा हुर्किर्एका वा जन्मिएका बालबच्चाहरुलाई लक्षित गरी सञ्चालन गरिएको भाषा कक्षा जिसीएसई लेभलमा राम्रो नतिजा हात पार्न सफल छात्रा अंगेला केसी र समाजका अध्यक्ष सुरज केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
यूके | 0 Comments
लण्डन / चार भञ्ज्याङ तमु समाज (तमुधिं इकाई)को एक प्रतिनिधि मण्डलले लण्डनस्थित बेलायती संसद भवनको भ्रमण गरेको छ । हाउस अफ लर्डस्का मेम्बर लर्ड रोजर स्विन्फेनको हार्दिक निमन्त्रणामा चारभञ्ज्याङ टोली संसद भवन पुगेको थियो ।
यूके
लण्डन/नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायत गुटको राजनीति चिर्दै मेलमिलापको दिशामा अग्रसर भएको छ । राईस्लिपमा गतसाता सम्पन्न बेलायत कांग्रेसहरुको भेलाले गुटको राजनीतिलाई अन्त्य गर्ने र विधान शंसोधन गरेरै भएपनि सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा तदारुकता देखाएको हो ।
यूके
धर्मराज अधिकारी, लण्डन / पहिलो तथा दोश्रो विश्वयुद्धताका बेलायतको पक्षमा मर्न तयार रहेका पूर्व गोर्खाहरु अहिले आफ्नो अधिकार प्राप्तिका लागि बेलायती भूमिमा मर्न तयार देखिएका छन् । बेलायती प्रधानमन्त्रीलाई बुझाइएको पाँच बुँदे मागहरुको फेहरिस्त केलाउँदै उनीहरुले आफ्ना मागहरु आगामी अक्टोबर २४ सम्म पूरा नभए आमरण अनसर गरी जीवन बलिदान गर्ने उद्घोष गरे ।
यूके | 0 Comments
लण्डन / पाँचथर समाज सेवा युकेको आयोजनामा दोश्रो पाँचथर कप फुटबल टुर्नामेण्ट सम्पन्न भएको छ । गत साता फेल्थाममा सम्पन्न फुटबल टुर्नामेण्टमा मेन, भेटेरान र अण्डर सिक्स्टीन गरी तीस टिम सहभागी थिए । प्रतियोगितामा वेल्स एफसीलाई हराउँदै जेडी ब्वाइज पहिलो भएको थियो ।
यूके | 0 Comments
वीरेन्द्र कुंवर, लन्डन-बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको आयोजनामा साहित्य सन्ध्या तथा पुस्तक विमोचन र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
यूके | 0 Comments
लण्डन / नेपालका सफल उद्योगपति, गीतकार एवं कवि वसन्त चौधरीको कविता संग्रह 'मेघा’ को विद्युतीय संस्करण (इबुक) को विमोचन आगामी साता बेलायतमा हुँदैछ । यही अपि्रल २१ तरिखमा बेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले बिहान ११ बजे लन्डनस्थित नेपाली दूतावासमा आयोजना हुने एउटा साहित्यिक कार्यक्रममा सो इबुकको विमोचन गर्नेछन् ।
यूके | 0 Comments
चिरन शर्मा, लण्डन/भगवान् गौतम बुद्धको मूर्तिलाई नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (इन्टरनेस्नल कोर्ट अफ जस्टिज) परिसरको शान्ति वाटिकामा राखिने भएको छ । उक्त वाटिकामा नेल्सन मण्डेला, महात्मा गान्धीलगायत विश्वका ख्यातिप्राप्त व्यक्तित्वहरुको शालिक राखिएको छ । सो मूति गैर आवासीय नेपाली संघको प्रयासमा स्थापना हुन लागेको हो ।
यूके | 0 Comments
बेजिङ्गस्टक / नेपालको मोरङ्ग जिल्लाको उर्लाबारीमा हालै आत्मानन्द मिङ्सो माङ्हिम् (मन्दिर) निर्माण गरिएको छ । उक्त माङ्हिम् किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिमको बाहुलीबाट २०६६ चैत्र ३० गतेका दिन शिलान्यास गरिएको थियो । त्यस्तै, २०६९ माघ २५ गते धर्म गुरु मुहिङ्गुम् अङ्सि माङ् लिङ्देनबाट भव्यताका साथ समुद्घाटन गरिएको थियो ।
यूके | 0 Comments
लण्डन / सर्वोच्च अदालतले लण्डनस्थित नेपाली दूतावास भवन नबेच्न आन्तरिम आदेश दिएको छ । भूतपूर्व सैनिक संघ गेसोले दायर गरेको रिटमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलासले अर्को सुनुवाई नहुँदासम्म दूतावास भवन नबेच्न आदेश दिएको हो । साथै, सरकारसँग लिखित जवाफ माग्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ।
यूके | 0 Comments
लण्डन / इल्थाममा सञ्चालित नेपाली व्यवस्थापनको याक एण्ड यती रेष्टुरेण्टले क्षेत्रीय टिफिन कप अवार्ड हात पारेको छ । मेम्बर्स अफ पार्लियामेण्टले आयोजना गरेको क्षेत्रीय प्रतिस्पर्धामा इण्डियन लगायत अन्य करी हाउसहरुलाई पछि पार्दै याक एण्ड यतीले टिफिन कप अवार्डमा प्राप्त गरेको हो । कप हात पारेसँगै यो रेष्टुरेण्ट राष्ट्रिय अवार्डका लागि नोमिनेसनमा समेत परेको छ ।
यूके | 0 Comments
लण्डन / मगर संघ युकेको अध्यक्ष पदमा दुतबहादुर पुन निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले आगामी तीन वर्षका लागि पुनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
यूके | 0 Comments
-चिरन शर्मा, लण्डन / नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतको मे २६ मा हुने भनिएको तेश्रो अधिवेशन अन्योलमा परेको छ । ६ हप्ता मात्र अधिवेशनको मिति बाँकी रहँदा सदस्यता वितरण गर्ने, विधान उपसमिति बनाउने तथा अन्य महाधिवेशन अघि गर्नुपर्ने तयारीका कामहरु ठप्प छन् । अधिवेशन तयारी समितिको बैठकमा कोरम समेत नपुग्ने अवस्था छ ।
यूके
सोदिप थोप्रा लिम्बु , आसफोर्ड / सगरमाथा गोर्खा र नेपाली समाज आशफोर्ड केन्ट बेलायतले यही आउँदो १३ अपि्रल २०१३ शनिबारका दिन स्थानीय जोन वालिस एकेडेमीको हलमा नेपाली नयाँ वर्ष २०७० भव्यताका साथ मनाउने भएको छ ।
यूके | 0 Comments


EDT 14:01
19:01
23:46
SYD 4:01

