

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
All News
1 23......232425Next
सोलुखुम्बु, जेठ ६/नेपाली नायक अर्जुन कार्की र राष्ट्रिय म्याराथन खेलाडी सञ्जय पाण्डेले बिश्वको सवौच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरुले आज बिहान ७:३० बजे शिखरमा पाइला टेकेको उक्त टिमका सम्पर्क अधिकृत ओङछु शेर्पाले जानकारी दिए ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, वैशाख १९ / नेपाल बालसाहित्य समाजको अध्यक्षमा साहित्यकार भिक्टर प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको गएराति यहाँ सम्पन्न साधारणसभाले प्रधानलाई अध्यक्षमा चयन गरेको हो ।
कला र मनोरन्जन | 0 Comments
सोलुखुम्बु, वैशाख ८/नायिका निशा अधिकारी र नायक अर्जुन कार्की संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र नलिइकनै बिश्वको सवौच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका छन् ।
कला र मनोरन्जन | 0 Comments
२०६८ को अन्तिमतिर रिलिज भएर हिट भएका 'चपली हाइट' र 'लुट'को सफलता देखेका फिल्मकर्मीहरुले तिनै फिल्महरुको नक्कल गर्न खोजे । 'लुट'मा केही अश्लील सम्वाद थिए भने 'चपली हाइट'मा यौनलाई कलात्मक तरिकाले उतार्न खोजिएको थियो । जसलाई फिल्मका निर्माता/निर्देशकहरुले फिल्म चल्नुको कारण ठाने ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, वैशाख ४ / जनसाहित्यिक मञ्च नेपालले साहित्यलाई राज्यको प्रमुख अङ्गका रूपमा समावेश गर्दै भाषालाई पाँचौँ र कला, सङ्गीतलाई छैटौँ अङ्गका रूपमा मान्यता दिनुपर्ने प्रस्ताव अघि सारेको छ ।
कला र मनोरन्जन | 0 Comments
कीर्तिपुर, चैत ३० /गोर्खाली र कीर्तिपुरबीच भएको युद्धलाई चलचित्रका रुपमा देख्न पाइने भएको छ । इतिहासकार वासु पासाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘भैरवसिंह’को कथामा आधारित हुने चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदीप खड्गीको निर्देशनमा निर्माण हुन लागेको हो ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, चैत ३० / छोटा चलचित्रको पहिलो महोत्सव ‘काठमाडौँ सर्ट फिल्म फेस्टा’ आजदेखि सुरु भएको छ । अनामनगरस्थित मण्डला थिएटरमा वैशाख १ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा ५ मिनेटदेखि ४५ मिनेटसम्मका चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिने छ ।
कला र मनोरन्जन | 0 Comments
भद्रपुर, चैत ३० / रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्ष चारवटा राष्ट्रिय पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानद्वारा रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार–२०१२ तनहुँ, धरमपानीका शन्तबहादुर गुरुङलाई अर्पण गर्ने निर्णय गरिएको हो ।
कला र मनोरन्जन | 0 Comments
धनगढी, चैत २३ /शनिबारदेखि यहाँ आयोजना हुन लागेको साहित्यिक–सांस्कृतिक
महोत्सवको तयारी पूरा भएको छ ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, चैत २० / सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले रेडियो नेपालको ६३ औं वार्षिकोत्सवमा अवसरमा आज यहाँ आयोजित समारोहमा आमसञ्चारका विभिन्न विधामा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान प्रदान गर्नुभयो ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, चैत ९ / उदय सुब्बाद्वारा निर्देशित संसारकै अग्लो ठाउँमा अधिकांश चलचित्रको छायाङ्कन गरिएको 'लभ इन चाइना बोर्डर' आजदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा ल्याइएको छ। करिब दुई वर्षको पर्खाइपछि यस चलचित्रले प्रदर्शनको मौका पाएको हो।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, चैत ९ / चर्चित हास्यव्यंग्यकार, अभिनेता हरिवंश आचार्यको आत्मकथा चिना हराएको मानिस चैत्र महिनाको अन्त्यमा बजार आउदैछ। पुस्तकको विमोचन भने आचार्यको स्वर्गीय पत्नी मीराको पुन्य तिथी वैशाख ७ मा गर्ने जानकारी प्रकाशक फाइनप्रिन्टले पत्रकार सम्मेलनमार्फत दिएको छ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौ, भदौं, ८/राजधानीकी स्थायी निवासी २१ वर्षीया इशानी श्रेठ सन् २०१३ की 'नेपाल सुन्दरी' घोषित भएकी छन् । बुधबार 'हिडन ट्रेजर' आयोजक तथा 'फेन्टा' प्रायोजक रहेको नेपाल सुन्दरी प्रतियोगिताको अठारौँ संस्करणको ताज पहिरिन श्रेष्ठ सफल भएकी हुन् ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौ-मिला प्रोडक्सनले द्वन्द्वकालमा आधारित नेपाली चलचित्र 'उमा' आगामी वर्ष जेठ १० गते देशभर प्रदर्शनमा ल्याउने भएको छ । माओवादी द्वन्द्वकालमा एक परिवारले भोग्नुपरेको पीडामा आधारित सो चलचित्र सत्य घटनाबाट प्रेरित तथा वैचारिक मतभेदका कारण बिछोडिएका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि प्रस्तुत गरिएको छ ।
कला र मनोरन्जन | 0 Comments
फ्लोरिडा (अमेरिका), फागुन ६ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), फ्लोरिडा च्याप्टरमा चुडामणि खनाल निर्वाचित हुनुभएको छ। सन् २०१३ देखि २०१५ सम्मको नयाँ कार्यकालको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रसिंह राउत (ट्याम्पा), सचिवमा साधना शर्मा (ट्याम्पा) र कोषाध्यक्षमा लोचन श्रेष्ठ (वेस्टवामबीच) निर्वाचित हुनुभएको छ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, चैत ३ / सांस्कृतिक रुपान्तरणका लागि देशभर विभिन्न प्रकारका प्रगतिशील साहित्यिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आज यहाँ 'सिर्जना प्रवाह' साहित्यिक सङ्गठनको उद्घाटन गरियो।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, चैत १ / नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठ र गायक तथा सङ्गीतकार शम्भुजित बास्कोटा सम्मानित हुनुभएको छ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौं, फागुन १८ / यस वर्षको 'साहित्य साधना सम्मान–२०६९' वरिष्ठ साहित्यकार प्रा डा मोहनहिमांशु थापालाई प्रदान गरिएको छ।
कला र मनोरन्जन | 0 Comments
मङ्गलबारे (इलाम), फागुन १२ / नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धरले बालबालिकालाई विद्यालय तहदेखि नै चित्रकलाको ज्ञान दिलाउनुपर्ने बताउनुभएको छ।
कला र मनोरन्जन | 0 Comments
पोखरा, फागुन १० / हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषद्वारा सञ्चालित यस वर्षको हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कार कवि कुलबहादुर केसीलाई प्रदान गरिएको छ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौं, फागुन १० / नेपालका एक सफल उद्यमी विनोद चौधरीको जीवन गाथा 'विनोद चौधरी ― आत्मकथा' को दोस्रो मुद्रण बजारमा गएको छ। गएको माघ २० गते विमोचन गरिएको यो किताब पहिलो मुद्रणमा ५ हजार प्रति छापिएको थियो। दोस्रोपटक पनि त्यति नै संख्यामा छापिएको प्रकाशक नेपा~लयले जनाएको छ।
कला र मनोरन्जन | 0 Comments
बागलुङ, फागुन ८ / मोफसलको जेठो रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले साहित्यकार डा तुलसी भट्टराईलाई रत्न श्रेष्ठ राष्ट्रिय सम्मान प्रदान गरेको छ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, फागुन ८ / यस वर्षको कविवर युद्धप्रसाद मिश्र स्मृति पुरस्कार कवि राम विनयलाई प्रदान गरिएको छ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौँ, फागुन ६ / वासु शशि स्मृति परिषद्ले “वासु शशी स्मृति पुरस्कार–२०६९” कवि एवम् गीतकार डा विमल कोइरालालाई प्रदान गर्ने भएको छ। पुरस्कारको राशि रु १५,००० रहेको छ। कवि कोइरालाले विगत चार दशकदेखि नेपाली भाषा, साहित्य एवम् गीतिक्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ।
कला र मनोरन्जन | 0 Comments
काँकडभिट्टा (झापा), फागुन ४ / झापाको काँकडभिट्टामा आयोजित महोत्सवमा गायिका कुन्ती मोक्तानले बिहीबार काँकडभिट्टावासीलाई आफ्नो सुमधुर गीतमा छमछमी नचाइन्। उनले 'लालीगुराँस अजम्बरी चम्पा चमेली', 'चोली राम्रो पाल्पाली ढाकाको', 'हिजै राति सपनीमा देखे तिमीलाई'लगायत आधा दर्जनभन्दा बढी गीत पस्कँदा दर्शकले उत्साहित मुद्रामा साथ दिएका थिए।
कला र मनोरन्जन | 0 Comments


EDT 15:06
20:06
0:51
SYD 5:06

