
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

All News
1 23......678Next
काठमाडौँ, भदौ २२/नेपाल राष्ट्र बैङ्कले देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार आर्थिक वर्ष २०६६/६७ को कुल ग्राहस्थ उत्पादन वृद्धिदर आधारभुत मूल्यमा ३ दशमलव ५ र उत्पादकको मूल्यमा ४ दशमलव ६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षो तुलनामा यो वृद्धिदर कम हो । शान्ति सुरक्षाको अवस्थामा भएको क्रमिक सुधारका कारण गएको वर्षा वैदेशिक लगानीको प्रतिवद्धता बढेको राष्ट्र बैङ्कले जनाएको छ ।
अर्थ/वाणिज्य
मोरङ, भदौ १९/उर्जा मन्त्री डा. प्रकाशसरण महतले पूर्वका उद्योगीहरूलाई जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् ।
प्रेस युनियन मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले पूर्वका उद्योगीहरू अनुभवी भएकाले जलविद्युत्मा लगानी गरे सफल हुने बताए ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १९/अर्थमन्त्री सुरेन्द्र पाण्डेले नयाँ बजेटको लागि सरकारको नीति तथा कार्यक्रम आवश्यक नपर्ने बताएका छन् ।
रेडियो धादिङको चौँथो वाषिर्क उत्सवको अवसरमा राजधानीमा गरिएको धादिङको विकासको सम्भावना र चुनौती विषयक अर्न्तक्रियामा उनले राजनीतिक गतिरोध यही अवस्थामा रहीरहने हो भने मुलुकले ठूलो आर्थिक सङ्कटको सामना गर्नुपर्ने बताएका छन् ।
अर्थ/वाणिज्य | 0 Comments
वीरगन्ज, भदौ १९ / मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने सूर्तिको आयात वीरगन्ज भन्सार नाकाबाट गत वर्ष वृद्धि भएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
कपिलवस्तु, भदौ १९ / कपिलवस्तुको बाणगङ्गा नदीको मोतीपुर नाकाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासीमा स्थानीयवासीले अवरोध पुर्याएका छन् ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १८/सरकारले शुक्रबारदेखि सुन आयातमा रोक लगाएको छ । पुरानै भन्सार दरमा सुन आयात बढ्ने आसङ्कामा सुन आयातमा रोक लगाइएको बताइएको छ ।
संसद अधिवेशन चलिरहेको अवस्थामा सरकारले अध्यादेश जारी गर्न नमिल्ने भएकोले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कको अनुरोधमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १८ / अर्थविद्हरूले बैङ्कहरूको खराव कर्जा सङ्कल्नका नाममा उद्योगहरूलाई धरासायी तथा बन्द हुने अवस्थासम्म पुर्याउन नहुने बताएका छन् । बैङ्कको ऋण पनि नडुब्ने र व्यवसायीहरूलाई पनि व्यवसाय संचालनमा कठिनाइ नहुने गरी कर्जा असुली गरिनुपर्ने उनीहरूको भनाई छ ।
अर्थ/वाणिज्य | 0 Comments
सुर्खेत (खजुरा), भदौ १७ / पश्चिम सुर्खेतको गुटु गाविसस्थित चौकुनेमा तीन दसकअघिको अध्ययनले सिमेन्ट उद्योगको सम्भावना देखाए पनि हालसम्म उद्योग स्थापना गर्ने कुनै पहलकदमी भएको छैन ।
अर्थ/वाणिज्य | 0 Comments
ललितपुर, भदौ १५ / मापदण्ड पूरा नगरी घिउ उत्पादन र बिक्री गरेको आरोपमा ठेँचोस्थित धनकृष्ण घिउ उद्योगलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले कारबाही गरेको छ । राष्ट्रिय उपभोक्ता मञ्चको उजुरीका आधारमा जिल्ला अनुगमन टोलीले सङ्कलन गरेको नमूना परीक्षण गर्दा घिउमा मिसावट गरेको पाइएको थियो ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १५ / नेपालमा उत्पादित सिमेन्ट र ग्यास सिलिन्डरसहितका उपकरणको गुणस्तर छानबिन गरी न्यूनस्तरको पाइएमा कानुनबमोजिम कारबाही सिफारिस गर्न १५ दिनभित्र सिफारिस पेस गर्नेगरी उद्योग राज्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
विराटनगर, भदौ १५ / पेट्रोलियम पदार्थ ढुवानी मजदूरले गरेको हड्तालका कारण आज पनि नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरबाट हुने तेल वितरण आज पनि ठप्प भयो ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १४ / नेपाल टेलिकमले ४६ हजार लाइन एडिएसएल प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमद्वारा हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले एडिएसएल नेटवर्कमा आधारित आइपिटिभी सेवा सञ्चालन गर्ने, सहरी क्षेत्रका ५०० स्थानमा वाईफाई प्रविधिमार्फत् इन्टरनेट पुर्याउने र अन्तर्राष्ट्रिय गेटवे क्षमता वृद्धि गर्ने जानकारी दिए ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १४ / सुधार प्रक्रियामा रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०६६/२०६७ मा रु दुइ अर्ब एक करोड मुनाफा आर्जन गरेको छ । कारोबार, मुनाफा र एबिबिएल सञ्जाललगायतका आधारमा अग्रस्थानमा रहेको सो बैंकले अघिल्लो आर्थिक वर्ष२०६५/२०६६ मा रु एक अर्ब ९२ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १४ / सिँचाइमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा मन्त्रालयस्तरीय निकाय समस्या समाधान समितिको बैठक शुक्रबार सम्पन्न भयो ।
अर्थ/वाणिज्य | 0 Comments
शीतलप्रसाद महतो, विरगन्ज, भदौ १२/सिमावर्ती भारतीय बजारका व्यापारीले आफूखुसी नेपाली रुपैयाँको अवमूल्यन गर्ने गरेका छन् । भारतीय मुद्रा अभावका कारण विशेष गरी सिमावर्ती नेपाली उपभोक्ता थप मर्कामा पर्ने गरेका छन् ।
नेपाल राष्ट्र बैंकले भारतीय एक सय रुपैयाँको विनिमय दर १६० नेपाली रुपैयाँ कायम गरिएको छ । तर सीमावर्ती भारतीय व्यापारीले यतिखेर उत्तिकै भारतीय रुपैयाँका लागि नेपाली उपभोक्ताबाट १६३ देखि १७० सम्म असुल्ने गरेका छन् ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ १२ / अर्थमन्त्री सुरेन्द्र पाण्डेले २५ वर्षको यात्रामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ले सहयोग र सञ्चालन रूपरेखाको पहिचान गरी तिनीहरूको कार्यान्वयनमार्फत् क्षेत्रीय आर्थिक एकीकरणमा महत्वपूर्ण प्रगति हासिल गरेको बताएका छन् ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ ९/सुनचाँदी व्यवसायीहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन् । नेपाल सुनचाँदी व्यवसाय सङ्घको संयोजकत्वमा नेपाल रत्न तथा आभुषण सङ्घ र नेपाल सुनचाँदी कला व्यवसायी सङ्घमा अध्यक्षहरू रहने गरि सुनचाँदी व्यस्थापन संयन्त्र निर्माण गर्ने सहमति भएपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौँ ६ / सुनचाँदी व्यवसायीहरुले आइतबार र सोमबार देशभर सुनचाँदीको कारोबार नगर्ने भएका छन । बजारको माग अनुसार सुन आयात हुन नसकेको बताउदै आएका व्यवसायीहरु बन्दमा उत्रिएका हुन ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ ५ / अर्थ मन्त्रालयले नेपालमा सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट १० वटा कम्पनीको नाम सार्वजनिक गरेको छ । जसअनुसार नेपाल टेलिकमले सबैभन्दा बढी ९ अर्ब ६६ करोड राजश्व तिरेको छ । उसको यो रकम आयकर, भ्याट आदि सबै जोडेर पुगेको हो । गत वर्ष२ अर्ब २४ करोड बढी रकम तिरेको पनि मन्त्रालयले जनाएको छ । गएको वर्षपनि सबैभन्दा बढी कर तिर्ने कम्पनी यही रहेको मन्त्रालयले जनाएको छ ।
अर्थ/वाणिज्य
चितवन, ३ भदौ/सौराहामा पर्यटन वर्षको तयारी सुरु भएको छ । जिल्लास्थित रत्ननगरमा होटलको सङ्ख्या बढाउने, दक्ष जनशक्ति तयार, होटल तालिम सञ्चालन, पथप्रदर्शकलाई पर्यटकसमक्ष प्रस्तुत हुने बारेमा जानकारीलगायत 'प्याकेज' कार्यक्रममार्फत तयारी थालिएको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, भदौ २/विश्व बैङ्कले नेपाल सरकारलाई १३ अर्ब १६ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयमा बुधबार एक कार्यक्रमका बीच अर्थ सचिव रामेश्वर प्रसाद खनाल र नेपालमा रहेको विश्व बैङ्कका मुख्य निर्देशक र्सुजन गोल्ड मार्कबीच सहयोग पत्रमा हस्ताक्षर भएको हो । बैङ्कले गरेको अनुदान सहयोग स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रम र सामाजिक सुरक्षाका संञ्चालित नयाँ योजना एवं कार्यक्रममा केन्द्रीत रहने बताइएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
इस्लामाबाद, साउन २७/पाकिस्तानमा बाढी प्रभावितहरूको राहतका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग ४५ करोड अमेरिकी डलरको सहयोगको आग्रह गरेको छ । बाढीप्रभावितहरूलाई राहत तथा खाद्य सामाग्री प्रभावकारी रुपमा नपुगेकोभन्दै राष्ट्रसङ्घले यस्तो आग्रह गरेको हो ।
अन्तरराष्ट्रिय | 0 Comments
बेनी, साउन २७/सदरमुकाम बेनी बजारमा दर्ता भएर र नभैकन सञ्चालन हुने उद्यम व्यवसाय बराबर रहेको एक अध्ययनले देखाएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले गरेको एक अध्ययन अनुगमनले बेनी बजारमा सञ्चालनमा रहेका कुल ५५३ मध्ये २५६ उद्यम व्यवसाय दर्ताबिना नै सञ्चालनमा रहेको र बााकी २९७ भने व्यवसाय दर्ता गरेर सञ्चालन गरेको जनाएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
जनकपुरधाम, साउन २५ / सहकारी कार्यालयमार्फ वितरण गरिएको रकम अधिकांश सहकारी संस्थाले दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ । उक्त कार्यालयद्वारा धनुषा जिल्लाका ९९ गाउँ विकास समितिका सहकारी संस्थालाई एकएकलाख रुपैयाँ उपलब्ध गराइएको भए पनि दुइ दर्जनभन्दा अधिक स्थानमा सुलभ पसल सञ्चालन नभएको पाइएको छ ।
अर्थ/वाणिज्य | 0 Comments
काठमाडौँ, साउन २५/अध्यागमन विभागले यस वर्षो पहिलो छ महिनामा बाहिरी मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।
अर्थ/वाणिज्य | 0 Comments


EDT 17:44
22:44
3:29
SYD 7:44

