

अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
पहिले कांग्रेस फुट्यो, एमाले फुट्यो, राप्रपा र मधेसवादी दलहरूसँगै अब फुट्ने पालो एकीकृत माओवादीको छ । यी पार्टीहरू किन फुटेका होलान् ?
सर्वेक्षण
अर्काइभ
All News
1 23......121314Next
सिड्नी-अध्ययन र रोजगारीको नामी गन्तब्य मानिन्छ, अष्टे्रलिया । त्यसैले त अष्टे्रलिया प्रवेशका लागि कठिनतम कानुनी प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । तर, एउटा फरक बाटोबाट अष्टे्रलियामा गएर शरण लिनेहरु पनि छन् । त्यो बाटो हो, 'सामुदि्रक बाटो' । सामुदि्रक यात्रामार्फत अस्ट्रेलियामा अवैध रुपले शरणार्थी बन्न आउनेको क्रम बढिरहेकै बेला नेपालबाट पनि पहिलोपल्ट एउटा टोली डुङ्गा चढेरै अस्ट्रेलियामा पुगेको छ । उक्त टोलीको यात्राबारे नेपालीपत्रको खोजः
अष्ट्रेलिया
काठमाडौं, वैशाख १६/अस्ट्रेलिया भ्रमणमा रहेका एकीकृत माओवादीका उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गैरआवासीय नेपाली सङ्घलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाली महावाणिज्यदूतावास सिडनीले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको आर्थिक उन्नति र प्रगतिका लागि गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएको नेपाली महावाणिज्यदूतावास सिडनीले जनाएको छ ।
अष्ट्रेलिया | 0 Comments
ऋषि आचार्य, सिडनी, चैत १५/अस्ट्रेलियाको छिमेकी पपुवा न्युगिनीको अध्यागमन कार्यालयले ९ जना नेपालीलाई पक्राउ गरेको छ । मासिक १२ सय डलर कमाइ हुने दलालको प्रलोभनमा प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र पपुवा न्युगिनी पुगेका नेपालीलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
अष्ट्रेलिया | 0 Comments
काठमाडौँ, फागुन १० / अस्ट्रेलिया सरकारले नेपाल रेडक्रस सोसाइटीलाई २२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको १५ वटा रगत परीक्षणसम्बन्धी उपकरण अनुदान दिएको छ।
अष्ट्रेलिया | 0 Comments
ऋषि आचार्य, काठमाडौं, फागुन २/नेपालको विद्यालय शिक्षा पूरा गरेका प्रायः विद्यार्थीको पहिलो रोजाइ नै विदेशमा अध्ययन गर्ने हुन थालेको छ । विदेश अध्ययन गर्न खुट्टा उचालेका हजारौँ नेपाली विद्यार्थीमध्ये थोरै भाग्यमानीलाई मात्र यो अवसर मिल्छ । विदेशमा गएर पढ्न चाहने नेपाली विद्यार्थीहरुको रोजाइको देशमा अस्ट्रेलिया पनि पर्छ । ४३ वर्षअघि यो भूमिमा पहिलो पटक पाइला टेकेकादेखि हालसम्म हजारौँ नेपाली यहि कंगारु भूमिमा पलायन भएका छन् तर अस्ट्रेलियन डिग्री लिएर नेपाललाई कर्मभूमि बनाउनेको संख्या पनि ठूलो छ ।
अष्ट्रेलिया
अस्ट्रेलियाका विभिन्न राज्यमा छरिएर रहेका ४५ जना इन्जिनियरहरु सम्मिलित फ्युजन टेक प्रोप्राइटरी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।
अष्ट्रेलिया | 0 Comments
सिड्नीको रकडेलमा हिसिला हेयर सैलुन खुलेको छ। कर्माचार्य पीटीएलले सैलुन सञ्चालन गरेको हो। नेपालमा १० वर्षभन्दा बढी अनुभव भएको ब्युटिसियन गार्गी कर्माचार्यसहित ६ जनाले सैलुनमा विभिन्न सेवा उपलब्ध गराएका छन्।
अष्ट्रेलिया | 0 Comments
सिड्नीमा बसोबास गर्दै आएका छन्त्याल समुदायले नयाँ वर्ष 'छार मेङ' भव्य रुपमा मनाउने भएका छन्। छन्त्याल परिवार अस्ट्रेलियाका अध्यक्ष पदम छन्त्यालका अनुसार, २०१३ को फेब्रुअरी २३ का दिन ओरियन फङशन सेन्टरमा साँझ ६ देखि सो कार्यक्रम सञ्चालन हुनेछ।
अष्ट्रेलिया | 0 Comments
शब्दमाला नेपाली भाषा विद्यालयको वार्षिक साधारणसभा तथा वार्षिक उत्सव डिसेम्बर १६ तारिखका दिन केम्पसी पब्लिक स्कुल शाखामा सम्पन्न भयो।
अष्ट्रेलिया | 0 Comments
सिड्नीमा रहेका तमु (गुरुङ)हरुले दुई भिन्नाभिन्नै कार्यक्रम गरेर ल्होछार पर्व मनाएका छन्। देव गुरुङ अध्यक्ष रहेको तमु समाज सिड्नीले नेपालका ख्यातिप्राप्त कलाकारहरु राजेश पायल राई र अञ्जना गुरुङको प्रस्तुतिमा क्याम्सीको ओरिएन फङसन सेन्टरमा डिसेम्बर २९ शनिबार ल्होछार कार्यक्रम गरेको थियो।
अष्ट्रेलिया | 0 Comments
भिक्टोरिया राज्यको विद्यालय स्तरीय परीक्षामा नेपाली विद्यार्थी रोहन खनाल सर्वोत्कृष्ट भएका छन्। यो वर्षको भिक्टोरियन सर्टिफिकेट अफ एजुकेसनमा उनले ९९.४० प्रतिशत नतिजा ल्याएर एक्सिलेन्स अवार्ड, मोनास विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा छात्रवृत्ति समेत पाएका छन्।
अष्ट्रेलिया | 0 Comments
गोर्खा नेप्लीज कम्युनिटीको आयोजनामा ओली एन्ड एशोसियट लिग फुटबल हुने भएको छ। डिसेम्बर ३० का दिन चिपिङ नोरटन फुटबल मैदानमा लिग फुटबलको औपचारिक शुरुवात हुन लागेको हो। संस्थाका महासचिव राजन क्षेत्रीका अनुसार, करिब पाँच महिनासम्म चल्ने यो लिग फुटबल प्रतियोगिता सिड्नीमा भएका ८ वटा नेपाली फुटबल क्लबहरु बीचमा प्रतिस्पर्धा हुनेछ।
अष्ट्रेलिया | 0 Comments
नेपइन्डो ग्रुपले आयोजना गरेको फ्युजन डान्स प्रतियोगिताको उपाधि पुरुषतर्फ विनित बस्नेत र महिलातर्फ कोहिनुर सुवेदीले जितेका छन्। यस्तै, पब्लिक च्वाइस र साइबर सटको उपाधि क्रमशः अनामिका प्रधान र कोहिनुर प्रधानले जितेका छन्।
अष्ट्रेलिया | 0 Comments
सपोर्टिङ् ह्यान्ड्स अस्ट्रेलिया नेटवर्क (शान) ले यही डिसेम्बर ८ तारिखमा आयोजना गरेको फन्ड रेजिङ् डिनरबाट २,२३५ डलर सङ्कलन गरेको छ। एभरेष्ट तन्दुरी कोग्रामा आयोजित उक्त डिनरमा सिड्नीका नेपाली समुदायका प्रायः अगुवाहरुसँगै करिब १०० जनाको संख्यामा देशप्रेमी नेपालीहरु सहभागी भएका थिए।
अष्ट्रेलिया | 0 Comments
मेलबर्न / अस्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको सेवा र विकासमा योगदान गरेको भन्दै भिक्टोरिया सरकारले सुधीर शाक्यलाई सम्मान गरेको छ। डिसेम्बर १८ मंगलबार भिक्टोरिया राज्यका गभर्नर एलेक्स चेर्नोभले 'भिक्टोरियन मल्टिकल्चर अवार्ड फर एक्सिलेन्स'बाट शाक्यलाई सम्मान गरेको हो। नेप्लीज एसोसिएन अफ भिक्टोरिया (न्याभ) को कार्यसमिति सदस्यको रुपमा समुदायको सेवामा सक्रिय भएका शाक्यले एक दशक लामो अवधिदेखि नेपाली समुदायको सेवा गर्दै आएका छन्।
अष्ट्रेलिया | 0 Comments
सिड्नी, पुस २२/गैर आवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले नेपालको जलविद्युतमा सामूहिक लगानी गर्ने भएको छ । जलविद्युतमा लगानी गर्न करिब ४५ जना शेयर सदस्य रहेको एनआरएन अस्ट्रेलिया हाइड्रो ग्रुप प्राइभेट कम्पनी गठन गरिएको छ । कम्पनीले अहिले १२ करोड भन्दा बढी नेपाली रुपैयाँ नेपालको जलविद्युतमा लगानी गर्दैछ ।
अष्ट्रेलिया
ऋषि आचार्य, सन् २०१२ हामीबाट बिदा भएको छ । यो वर्ष सफल वा असफल भयो भन्ने मूल्याङ्कन व्यक्तिपिच्छे फरक होला । अस्ट्रेलियामा रहेका नेपालीमाझ सन् २०१२ मा अपि्रय घटना धेरै सुन्न परेन । अध्यन, व्यवसाय, रोजगारी र मान सम्मानमा नेपाली समुदाय व्यस्त भयो सन् २०१२ मा । गएको वर्ष अस्टे्रलियाको नेपाली समुदायमा भएका मुख्य-मुख्य घटनाहरुलाई हामी एक पटक फर्केर हेर्दैछौँ ।
अष्ट्रेलिया | 0 Comments
पी.सी.वाई.सी म्यारिकभिल सिड्नीमा सम्पन्न म्याग्दी सेवा समिति अस्ट्रेलियाको बैठकले हरि राम्जालीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ। निवर्तमान अध्यक्ष धिरज मल्लको कार्यकाल समापनसँगै हरि राम्जालीले अध्यक्ष पद सम्हालेका हुन्।
अष्ट्रेलिया | 0 Comments
सिड्नी र मेलबर्नबीच डिसेम्बर ९ आइतबार भएको फुटबल खेलमा ३ गोल गरेर मेलबर्नले उपाधि जितेको छ। जवाफमा सिड्नीले एक गोल मात्र फर्काउन सकेको थियो। अस्ट्रेलियन नेप्लिज फुटबल एसोसियसन (एन्फा) ले सिड्नीको रिभरवड खेलमैदानमा आयोजना गरेको मैत्रीपूर्ण खेलमा मेलबर्नका कुन्दन कार्कीले ह्याटि्रक गर्दै तीन गोल गरेका थिए।
अष्ट्रेलिया | 0 Comments
ओशो तपोवन, नेपालका संस्थापक आचार्य स्वामी आनन्द अरुण यही डिसेम्बरको अन्तिम साता अस्ट्रेलिया आउँदै छन्। ओशो तपोवन अस्ट्रेलिया समूहले जनाए अनुसार, उनले सिड्नी, बाइरन बे, ब्रिसबेन र मेलबर्नमा आवासीय तथा एक दिने ध्यान शिविरहरु सञ्चालन गर्नेछन्।
अष्ट्रेलिया | 0 Comments
किरात परिषदको आयोजनामा गएको वर्षहरुमा झैँ यो वर्ष पनि सिड्नीमा उधौली पर्व मनाइएको छ। परिषदका तर्फबाट चित्र तुम्बाहाम्फेले दिएको जानकारी अनुसार, डिसेम्बर ८ शनिबार मध्याह्न वेटलम पार्क अर्लउड सिड्नीमा उक्त पर्व आयोजना गरिएको थियो।
अष्ट्रेलिया | 0 Comments
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको क्विन्सल्यान्ड शाखाले यो वर्ष जाडोबाट बचाउन नेपालका चेपाङ् समुदायलाई कम्वल वितरण गर्ने भएको छ।
अष्ट्रेलिया | 0 Comments
झन्डै एक महिनादेखि अस्ट्रेलियाको विभिन्न शहरहरुमा कार्यक्रम गर्दै आएकी गायिका आनी छोइङ डोल्माले डिसेम्बर १ शनिबार पारामाटाको रोक्सी थिएटरमा नेपाली समुदायका लागि भव्य कन्सर्ट गरेकी छन्। अपरान्ह साढे तीन बजे शुरु भएर करिब तीन घन्टासम्म कार्यक्रम चलेको थियो।
अष्ट्रेलिया | 0 Comments
परिवर्तनका लागि युवा (युथ फर चेन्ज)को आयोजनामा गएको हप्ता सिड्नीमा बृहत रक्तदान सम्पन्न भएको छ। क्लबका संयोजक विजय पोखरेलका अनुसार सिड्नीको टाउनहलमा रहेको ब्लड सेन्टरमा डिसेम्बर १ देखि एक हप्तासम्म रक्तदान कार्यक्रम सञ्चालन भएको थियो।
अष्ट्रेलिया | 0 Comments
ब्रिसबेनमा भएको होम फेस्टिभलमा नेपाली खानाका परिकारहरु बिक्री गरेर उठेको पैसाले लमजुङमा कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ। साउथ ब्रिसबेनमा बस्दैआएका पूर्ण परियारले अस्ट्रेलियन साथीहरुसँग मिलेर उक्त फेस्टिभलमा नेपाली खानाका परिकारहरु बिक्री गरेका थिए।
अष्ट्रेलिया | 0 Comments


EDT 4:21
9:21
14:06
SYD 18:21

