
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

All News
1 23......349350351Next
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
नेपाल | 0 Comments
नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
नेपाल | 0 Comments
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि उनले यस्तो बताएका हुन ।
नेपाल
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नातिनीले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । घरको बार्दलीमा सुतेका कारण उनीहरू आगलागी हुना साथ भागेका थिए ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २१/टेप प्रकरणको सम्बन्धमा छानबिन गर्न माग गर्दै नेपाली काङ्ग्रेस र नागरिक अगुवाहरूले संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई आज छुट्टाछुट्टै ध्यानाकर्षण गराएका छन् ।
अन्तरराष्ट्रिय | 0 Comments
मोरङ, भदौ २२/आफ्नै कार्यालयका कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला पशु सेवा कार्यालय मोरङका प्रमुख डाक्टर उदयप्रताप सिंहलाई प्रहरीले आज पक्राउ गरेको छ । कार्यालयकी कर्मचारीलाई सिंहले पटक-पटक यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
नेपाल | 0 Comments
-आठौ चरणको निर्वाचन असोज १० गते
जनक तिमिल्सिना, काठमाडौं, भदौ २२/प्रधानमन्त्रीका चयनका लागि मंगलबार सातौ पटक संसदमा भएको निर्वाचन प्रधानमन्त्रीका प्रत्यासीद्वय माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पराजित भएका छन् । मंगलबार पनि प्रधानमन्त्री चयन नभएपछि प्रधानमन्त्रीका लागि अर्को निर्वाचन असोज १० दिउसो ३ बजेका लागि तोकिएको छ ।
जनक तिमिल्सिना, काठमाडौं, भदौ २२/प्रधानमन्त्रीका चयनका लागि मंगलबार सातौ पटक संसदमा भएको निर्वाचन प्रधानमन्त्रीका प्रत्यासीद्वय माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पराजित भएका छन् । मंगलबार पनि प्रधानमन्त्री चयन नभएपछि प्रधानमन्त्रीका लागि अर्को निर्वाचन असोज १० दिउसो ३ बजेका लागि तोकिएको छ ।
नेपाल
काठमाडौँ, भदौ २२/नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रत्यासीहरू पुष्पकमल दाहाल र रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा भएपनि आवश्यक बहुमत ल्याउन नसकेपछि आज सातौं चरणामा चुनाव हुँदैछ । प्रधानमन्त्री चयनका लागि साउन ५, ७, १७, २१, भदौ ७ र २० गते गरी ६ पटक निर्वाचन भइसकेको छ । अहिले माओवादी उम्मेदवार दाहालको प्रस्तावमा मतदान भइरहेको छ ।
नेपाल | 0 Comments
काठमाडौ, भदौ २२/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मंगलबार हुने सातौँ चरणको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । विगतका निर्वाचनदेखि मंगलबारको निर्वाचनसम्म आइपुग्दा कुनै फरक परिस्थिति नआएकोले मधेसी मोर्चा तटस्थ बस्ने तराइ मधेस लोकतान्त्रिक पार्टीका उपध्यक्ष ह्रदयश त्रिपाठीले जानकारी दिए ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २२/कांग्रेसको आसन्न १२ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई वर्तमान महामन्त्री कुलबहादुर गुरुङले समर्थन गर्ने भएका छन् । मंगलबार बिहान गुरुङ, केन्द्रीय सदस्यहरू गोविन्दराज जोशी, विनयध्वज चन्दलगायतका नेता र कोइरालाबीच भएको बैठकमा सबैले एक-आपसमा सहयोग र समर्थन गर्ने सहमति भएको हो । यी नेताहरूबीचको वार्तापछि गुरुङले महामन्त्री पदमा दिएको उम्मेदवारी घोषणा फिर्ता गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
नेपाल | 0 Comments
काभ्रे, भदौ २२/काभ्रेको ज्याम्दीमा पहिरोले पुरेर बाबुछोराको मृत्यु भएको छ । ज्याम्दी-५ का ३० वर्षीय काजीराम परियार र उनका ६ वर्षीय छोरा सुमनको मृत्यु भएको हो भने श्रीमती शान्ति घाइते भएकी छन् । शान्तिलाई उपचारका लागि धुलिखेल ल्याइएको छ । सोमबार राति घरमा सुतिरहेका बेला पहिरोले घर पुरिँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौँ २२ / नेपालको शान्ति प्रक्रिया र नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को गतिविधिबारे जानकारी गराउँदै यस सम्बन्धमा सुरक्षा परिषद्मा पेश हुने महासचिवको प्रतिवेदन मंगलबार सार्वजनिक हुने भएको छ ।
नेपाल | 0 Comments
हेटौँडा, भदौ २२/हेटौँडाबाट काठमाडौँका लागि छुटेको तुफान जिप सोमबार राति फर्पिङ गाविस-९ टङ्कुमा दुर्घटना हुँदा पाँच यात्रुको मृत्यु भएको छ । अरु पाँच घाइते भएका छन् । ना. १ ज २१ २७ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै र एक जनाको उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको पत्रकार उमेश बस्नेतले जनाएका छन् ।
नेपाल | 0 Comments
काठमाडौ, भाद्र २२ / देशको स्थिति दिनप्रतिदिन नाजुक हुँदै गइरहेको बेला र सरकार पनि छनोट हुन नसकिरहेका बेला देशका प्रधानमन्त्री विदेश भ्रमणमा जान लागेकोमा आलोचना हुँदै जान थालेपछि प्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रसंघीय ६५ औं महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम रद्द गरेका छन् । उनको साटो महासभामा न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि ज्ञानचन्द्र आचार्यले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २२ / प्रधानमन्त्रीको निर्वाचनको रणनीति सफल बनाउन दलहरु मंगलबार छलफलमा व्यस्त रहने भएका छन । एकीकृत नेकपा माओवादी विजयी हुने गरी छलफलमा जुट्ने भएको छ भने नेपाली काङ्ग्रेस मंगलबार पनि निर्णय ननिस्काल्ने गरी छलफलमा जुट्ने भएको छ ।
नेपाल | 0 Comments
सिन्धुपाल्चोक, भदौ २२/सिन्धुपाल्चोकको तातोपानीबाट बार्हबिसे आउँदै गरेको यात्रुवाहक बस भोटेकोशी नदिमा खस्दा बेपत्ता भएकाहरूको मङ्गलबार बिहानैदेखि खोजी सुरु भएको छ । स्थानीय प्रहरी र स्थानीयबासिन्दाहरूको समुह अहिले पनि खोजीकार्यमा सक्रिय रहेको छ ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २२/व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि मङ्गलबार पनि निर्वाचन हुने भएको छ । यसअघि भएका ६ वटा निर्वाचनको मतपरिणाम अस्पष्ट आएपछि मङ्गलबार सातौँ चरणको निर्वाचन हुने भएको हो ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २१/एकीकृत नेकपा माओवादीले ओखलढुङ्गाका आफ्ना सभाषद बालकृष्ण ढुङ्गेललाई सर्वस्वसहित जन्मकैद गर्ने सर्वोच्चको फैसला विस्तृत शान्ति सम्झौता विपरित रहेको बताएको छ ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २१/राजधानीको चावहिलमा अस्ति फेरी डाबर नेपालको उत्पादन रियल जुसमा लेऊ भेटिएपछि आज उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिति काठमाडौँले कारबाहीको माग गर्दै वाणिज्य विभाग काठमाडौँका निरिक्षण अधिकृत समक्ष उजुरी दायर गरेको छ ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २२/नेपाल इन्जिनियर्स एशोसिएसनले पाँच दिन अघिबाट सम्पर्क बिहिन भएका एशोसिएसनका सदस्य महेन्द्र चुडालको अवस्था पत्ता लगाई सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २१/संयुक्त राष्ट्र संघिय मिसन अनमिनले नेपालमा आफूले निर्वाह गर्दै आएको जिम्मेवारी कुनै पक्षलाई हस्तान्तरण गर्न सकिने विश्वासिलो वातावरण नबनेको बताएको छ । अनमिनको वर्तमान कार्यादेशलाई नै निरन्तरता दिन महासचिव वानले सिफारिस गरेको कुरा अनमिनले सोमबार विज्ञप्ती निकालेर जनाएको छ ।
नेपाल
काठमाडौं, भदौ २१/एनेकपा माओवादीका नेता कृष्णबहादुर महरा र एक चिनीया अधिकारीबीच सभासद किन्न ५० करोड रुपैयाको लेनदेनबारे भएको भनिएको कुराकानीको टेप वितरणमा भारतको संलग्न नभएको भारतीय दूतावसका प्रवक्ता अपूर्वा श्रीवास्तवले बताएकी छन् । उनले भनिन् "यो कुरा विल्कुल आधारविहिन छ, मलाई उक्त टेपको विषयमा केही जानकारी छैन ।"
नेपाल1 comments so far |
काठमाडौं, भदौ २१/प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसंङको ६५ औँ महासभामा सहभागी हुने कार्यक्रम रद्द गरेका छन् । मुलुकको राजनीतिक अवस्थाका कारण उनी महासभामा सहभागी नहुने निर्णयमा पुगेको स्रोतले बताएको छ । अहिले सरकार कामचलाउको हैसियतमा मात्रै रहेकाले महासभामा सहभागी हुँदा खासै औचित्य नहुने निष्कर्षमा पुगी नेपालले यस्तो निर्णय लिएको स्रोतले बतायो ।
नेपाल | 0 Comments
पोखरा, भदौ २१/पुनर्गठित जनमोर्चा नेपालको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले भरत दाहालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सन्तबहादुर घिसिङ, सचिव रीता मानुषी र कोषाध्यक्ष विश्वम्भर थारू छन् । सम्मेलनले मातृका नेतृत्वको माओवादीसँग पार्टी एकताको प्रक्रियालाई अघि बढाएर पूर्णता दिन अध्यक्ष दाहालको नेतृत्वमा सचिव मानुषी र केन्द्रीय सदस्य अमृत विक सम्मिलित तीन सदस्यीय समिति पनि गठन गरेको छ ।
नेपाल | 0 Comments
बारा, भदौ २१/एक अज्ञात समूहले गोली प्रहार गरी बारामा एक शिक्षकको हत्या गरेको छ । सो समूहले पुरैनिया-२ निवासी दुर्गा उच्च माविका शिक्षक ३५ वर्षीय सुवास पाण्डेको सोमबार मध्यान्न हत्या गरेको हो । मोटरसाइकलमा आएको ४/५ जनाको समूहले विद्यालयबाट घर र्फकदै गरेका पाण्डेमाथि खपरताता र कुकुरभुका गाउँलाई जोड्ने सडकमा एक्कासी गोली चलाएको प्रहरीले जनाएको छ ।
नेपाल | 0 Comments


EDT 17:30
22:30
3:15
SYD 7:30

