
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

All News
1 23......527528529Next
काठमाडौँ, भदौ २५/नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने र मतदातालाई आफ्नो पक्षमा बनाउने क्रम तिब्र भएका छन् ।
यसै क्रममा शुक्रबार कार्यबाहक सभापतिले आफू निकट नेता तथा कार्यकर्ताहरूसँग आफ्नै निवासमा राजनीतिक परामर्श गरेका छन् ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २५/व्यवस्थापिका संसद अन्तर्गत अर्थ तथा श्रम सम्बन्ध समितिले नियतवस् ऋण नतिर्ने उद्योगका विषयमा १० दिनभित्र सुझाव दिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
अर्थ/वाणिज्य | 0 Comments
भक्तपुर, भदौ २५/महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार इटालीयन पेस्तोल एक थान र १० राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिक प्रहरी प्रभाग कटुन्जे र प्रहरी परिसर भक्तपुरले सवारी जाँचका क्रममा बा३७प ४२३४ नं.को मोटरसाइकलमा आएका दुईजनालाई हतियारसहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
नेपाल | 0 Comments
ललितपुर, भदौ २५/संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सातौं पटकको निर्वाचनबाट पनि कुनै पनि प्रधानमन्त्रीको उम्मेदवारले बहुमत ल्याउन नसक्नु सिङ्गो प्रणाली र प्रक्रियाको हार भएको बताएका छन् ।
ज्यापु समाज यलको १७ औं वाषिर्क साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले भने, "सातौं पटकको प्रधानमन्त्री निर्वाचनबाट पनि कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्नु प्रणाली र प्रक्रियाको हार हो, व्यक्तिको होइन ।"
नेपाल | 0 Comments
-कांग्रेस र एमालेले शान्ति सम्झौतालाई भाड्न खोजे
काठमाडौ भदौ २५/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उनले अब केही दिनभित्र राजनैतिक गतिरोधको अन्त्य हुने बताएका छन् । संसदवादी दलहरुको यथास्थितीवादी सोचका कारण राजनैतिक गतिरोध उत्पन्न भएको उनको भनाइ थियो ।
काठमाडौ भदौ २५/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उनले अब केही दिनभित्र राजनैतिक गतिरोधको अन्त्य हुने बताएका छन् । संसदवादी दलहरुको यथास्थितीवादी सोचका कारण राजनैतिक गतिरोध उत्पन्न भएको उनको भनाइ थियो ।
नेपाल
दोलखा, भदौ २५/शिक्षक र विद्यार्थी एकैसाथ बिरामी परेपछि दोलखाको पूर्वी गाविस काभ्रेस्थित जलदेवी माध्यामिक विद्यालय बन्द भएको छ ।
विद्यालयका अधिकांश विद्यार्थी र शिक्षकहरू बिरामी परेपछि विद्यालय व्यवस्थापन समितिले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल | 0 Comments
हेटौडा, भदौ २५/चितवनको दिव्यनगर वडा नम्बर-२ मा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शुक्रबार घर नजिकै रहेको नहरमा पौडी खेल्न जाँदा स्थानिय १० वर्षका डेबिड महत्तोको मृत्यु भएको हो ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २५/एकीकृत नेकपा माओवादीले कामचलाउ सरकारलाई कुनै पनि विधेयक ल्याउन नदिने बताएको छ । उसले काम चलाउ सरकारलाई विधेयक ल्याउन अधिकार नहुने पनि बताएको छ ।
शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको नयाँबजारस्थित निवासमा बसेको पदाधिकारी बैठक यस्तो निर्णय गरेको हो ।
नेपाल
कांग्रेस महाधिवेशन नजिकिंदै गर्दा उम्मेदवारका आकांक्षीहरू जिल्ला दौडाहादेखि एसएमएस गरेर, राजनीतिक सामाजिक यात्राका बुकलेट र भिजिटिङ कार्ड बाँडेर भोट माग्नमा व्यस्त हुन थालेका छन् ।
नेपाल | 0 Comments
काठमाडौं, भदौ २५/उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान राजनीतिक अन्योललाई अन्त्य गर्न प्रमुख पार्टीहरूबीच सहमति, सहकार्य र एकता आवश्यक भएको बताएकी छन् ।
उनले भनिन्, "प्रमुख पार्टीहरूबीच विवाद होइन, एकताको आवश्यक छ, एकताबाटै मुलुकलाई राजनीतिक निकास दिन सकिन्छ ।"
नेपाल | 0 Comments
चितवन, भदौ २५/चितवनको नारायणगढमा ट्रकको ठक्करबाट एकजना महिलाको ज्यान गएको छ । अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान १०:३० बजे वीरगन्जबाट नारायणगढका लागि आएको ना२ख २७४४ नंको ट्रकले ना८प ३८५३ र ना११प ७३९३ नं.को मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २५/अमेरिकी राजदूत स्कट एच डेलिसीले अनमिनको अनुगमनकारी तथा अन्य भुमिकाको वहसमा नअल्मलिई शान्तिरसम्झौताको पूर्ण रुपमा पालना गर्न आवश्यक पर्ने कठोर राजनैतिक निर्णय लिने विश्वास व्यक्त गरेका छन् । उनले दलहरुबीच सहमति भएमात्र अनमिनले प्रभावकारी काम गर्न सक्ने बताएका छन् ।
नेपाल
पोखरा, भदौ २५/रक्षा मन्त्री विद्या भण्डारीले संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनको अभिव्यक्तिप्रति कडा आलोचना गरेकी छिन् । महासचिव मुनले केहि समयअघि सरकारको वैधानिकतामाथि प्रश्न उठाएको विषयमा मन्त्री भण्डारीले हाँस्यास्पद भएको टिप्पणी गरेकी छिन् ।
नेपाल
काठमाडौं, भदौ २५/दैलेखमा माओवादी एक सक्रिय कार्यकर्ताको हत्या भएको छ । दैलेखको पुर्वी भागमा पर्ने रुम गाविसका ५० वर्षीय थीरबहादुर बोहोराको हत्या गरिएको माओवादीले जनाएको छ । उनी भदौ २३ गते कामको सिलसिलामा बाहिर हिडेको र बिहिवार स्थानीय एक विद्यालयको कक्षा कोठामा डोरीले झुण्डयाइएको अवस्थामा फेला पारेको उनका आफन्तजनले जनाएका छन् ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २५/नेताहरूबीचको अन्तरद्वन्द्धका कारण एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक शुक्रबार पनि स्थगित भएको छ । बैठकमा दिने जवाफ तयार पार्नभन्दै शुक्रबार बिहान बसेको पदाधिकारी बैठकमा नेताहरूबीचको विवाद थप उत्कर्षमा पुगेपछि केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।
नेपाल | 0 Comments
नवलपरासी, भदौ २५ / आपराधिक गतिविधिमा संलग्न भएको प्रमाणित भएपछि माओवादी लडाकुको चौथो डिभिजन नवलपरासीमा रहेका दुइजना माओवादी सेनालाई डिभिजनले निष्कासन गरेको छ । माओवादीको चौथो डिभिजन झ्यालटुङडाँडामा रहेका प्लाटुन सहायक कमाण्डर लक्ष्मण विक र रमेश भनिने राजु बस्याललाई निष्कासन गरिएको चौथो डिभिजनले जनाएको छ ।
अन्तरराष्ट्रिय | 0 Comments
काठमाडौँ, भदौ २५ / एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक शुक्रबार पनि स्थगित भएको छ । केन्द्रीत समिति बैठकमा दिने जवाफ तयार पार्न शुक्रबार विहान बसेको पदाधिकारी बैठकमा विवाद भएपछि केन्द्रीय समितिको बैठक फेरी स्थगित गरिएको हो ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २५/हिन्दु नेपाली महिलाहरूको महान चाड तीजको अघिल्लो दिन दर खाने दिन आज । यो दिने विशेषगरी हिन्दू विवाहित तथा अविवाहित नारीहरू घर तथा माइतीघरमा भेला भएर तीजको लागि व्रत बस्ने तयारी गर्ने गर्छन् ।
नेपाल | 0 Comments
भक्तपुर, भदौ २५ / उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले बहुमतीय सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाउन नसकेको बताउँदै बहुमतीय सरकारकै कारण संविधान लेखन र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन नसकिएको बताएकी छिन् ।
नेपाल | 0 Comments
पर्वत (फलेवास), भदौ २५ / रक्षामन्त्री विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएकाले अबको प्रधानमन्त्रीको निर्वाचनमा एमाले तटस्थ भएर नबस्ने बताएकी छिन् । एमाओवादीका कारण शान्ति र संविधान धरापमा परेको बताउँदै ऊ पूर्णरुपमा नागरिक पार्टी नभएसम्म विश्वास गर्ने कुनै आधार नभएको पनि उनले बताइन् ।
नेपाल | 0 Comments
काठमाडौँ, भदौ २५ / नेत्रहीन क्रिकेट सङ्घको आज सम्पन्न महाधिवेशनले पवन घिमिरेको अध्यक्षतामा दुई महिला सहित ११ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । सङ्घको दोस्रो महाधिवेशनले घिमिरेलाई पुनः दोस्रोपटक अध्यक्षमा सर्वसम्मतले निर्वाचित गरेको हो ।
खेलकुद | 0 Comments
भक्तपुर, भदौ २५ / जिल्ला विकास समितिको कार्यालय र महिला विकास कार्यालय भक्तपुरको संयुक्त आयोजनामा पाँचतल्ले मन्दिर प्राङ्गणमा तीजगीत प्रतियोगिता भएको छ ।
कला र मनोरन्जन | 0 Comments
काठमाडौ, भदौ २५ / राजधानीमा पाँच दिनदेखि देखिएको पेट्रोलियम पदार्थको अभाव आजदेखि हट्ने नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थ ल्याउने नाका रक्सौलमा रहेको पेट्रोल राख्ने ट्याङक सफा गर्नुपर्ने भएकाले पाँच दिन अघिदेखि नै नेपाली बजारमा तेलको आपूर्तिमा कमी आएको निगमका प्रवक्ता मुकुन्दप्रसाद शर्माले बताए ।
नेपाल | 0 Comments
विराटनगर, भदौ २५ / मोरङ र सुनसरी जिल्लामा गुणस्तरीय एवम् उत्कृष्ट मदिराको उत्पादन भएपछि त्यसको माग बढ्दै गएको छ ।
अर्थ/वाणिज्य | 0 Comments


EDT 22:42
3:42
8:27
SYD 12:42

